एजेन्सी । जर्मनीले युईएफए नेसन्स लिगमा नेडरल्याण्ड्सलाई हराएको छ ।
सोमवार राति भएको खेलमा जर्मनीले नेडरल्याण्ड्सलाई १–० ले हराएको हो ।
जर्मनीको म्युनिखस्थित एलियान्ज एरिना रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन जेमी लेविलिङले निर्णायक गोल गरे ।
लेविलिङले दोस्रो हाफको ६४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जर्मनी १–० ले विजयी भयो ।
उक्त गोलका लागि निको स्चहोटरबेकले असिस्ट प्रदान गरे ।
जितसंगै जर्मनीले ४ खेलबाट ३ मा जित र १ मा बराबरीको नतिजासहित १० अंक जोडेर समूह ‘ए३’ को तालिकामा शीर्ष स्थानमा कायम रहेको छ ।
पराजित नेडरल्याण्ड्सको समान ४ खेलमा १ मा जित २ मा बराबरी र १ मा हारको नतिजासहित ५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।