भक्तपुर । नेपाल टि–२० क्रिकेट लिगको २७ खेलमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टार्समाथि २३ रनको जित हात पारेको छ ।

शुक्रवार भएको पहिलो खेलमा जनकपुरले दिएको १६० रनको विजयी लक्ष्य लुम्बिनीले पुरा १७ ओभर खल्दा पनि भेटाउन सकेन ।

जनकपुरका खेलाडी टसका लागि निर्धारित समयमा नआएपछि खेल ढिला हुन पुगेको थियो । २० ओभरको खेललाई १७ ओभरमा झारिएको खेलमा लुम्बिनीले ७ विकेटको क्षतिमा १३६ रनमात्र जोड सक्यो ।

लुम्बिनीका लागि अनिल साहले सर्वाधिक ३५ रन बनाए । त्यस्तै,लाहिरु मिलान्थाले ३२, सुनिल धमला २७, गुलशन झा १०, ह्यारी टेक्टर ७, कुशल भुर्तेल र साड्ले भान स्चाल्कविकले समान ५ रन जोडे ।

जनकपुरका कप्तान त्रिभोन ग्रिटने ३ विकेट लिए । त्यस्तै, समिउल्लाह शिनवरीले २ विकेट लिए ।

त्यसअघि क्रितिपरस्थित टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जनकपुरले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

जनकपुरका लागि त्रिभोन ग्रिफ्टले सर्वाधिक ४७ रन बनाउँदै अविजित रहे । त्यस्तै, शराफुदिन असरफले ३४ रन बनाए । खडक बोहरा २२, दीलिप नाथ १० र अस्हन प्रियारन्जनले ८ रन बनाए ।

लुम्बिनीका लागि सागर ढकालले र कुशल भुर्तेलले २–२ विकेट लिए । त्यस्तै, प्याट ब्राउन र ईशान पाण्डेले १–१ विकेट लिए ।

जितसंगै जनकपुरको १० खेलमा ७ मा जित र ३ खेलमा मा हारसहित १४ अंक भएको छ । जनकपुर लिग तालिकाको दोस्रो स्थानमा रह्यो ।

यता, पराजित लुम्बिनीको १० खेलमा ८ मा जित र २ मा हारसहित १६ अंक छ । लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ ।

अब यी दुई टोलीबीच आइतबार पहिलो क्वालिफायर खेल हुनेछ । उक्त खेलमा विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.