भक्तपुर । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ ।

सनिवार भएको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्दी सुदुरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जितेको हो ।

योसंगै जनकपुरले लिग चरण र प्लेअफमा बेहोरेको हारको बदला समेत लिएको छ ।

जनकपुरलाई ऐतिहासिक उपाधि दिलाउन ओपनर ब्याट्सम्यान लाहिरु मिलान्थाले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ८७ रनको अर्धशतकिय पारी खेल्दा चौथौं नम्बर ब्याटिङमा आएका हर्ष थाकेरले २४ बल खेल्नेक्रममा २ छक्का प्रहार गर्दै ३० रन जोडेर अविजित रहे ।

त्यस्तै, अर्का ओपनर तथा कप्तान आसिफ शेखले १९ बल खेल्नेक्रममा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन जोडेर पेविलियन फर्किदा सातौं नम्बरमा ब्याटिङ गर्न आएका मयन यादवले २ रन जोडेर अविजित रहे ।

यता, तेस्रो नम्बरमा आएका मोहम्मद मोहसिन ९, पाँचौं नम्बरमा जेम्स जिशम ४ तथा छैटौं नम्बरमा आएका आकाश त्रिपाठी २ रनमा पेविलियन फर्किए ।

जनकपुरले अतिरिक्त रुपमा १८ रन जोड्यो ।

सुदुरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरी, इशान पाण्डे, सैफ जैब र स्कट कगेलैनले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको सुदुरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १८४ रन जोड्यो ।

सुदुरपश्चिमका लागि ओपनर ब्याट्सम्यान सैफ जैबले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६९ रनको अर्धशतकिय पारी खेल्दा अर्का ओपनर विनोद भण्डारीले ३१ बल खेल्नेक्रममा १ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, तेस्रो नम्बरमा ब्याटिङमा उत्रिएको ब्रान्डन म्याकमुलेनले १२ बलमा १ छक्का प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा चौथौं नम्बरमा आएका हरमित सिंहले ८ बल खेल्दै १ छक्का प्रहार गरेर १४ रन बनाएर पेविलियन फर्किए ।

यता, पाँचौं नम्बरमा आएका कप्तान दिपेन्द्र सिंह ऐरीले ७ बल खेल्नेक्रममा ९ रन जोडेर आउट हुँदा छैटौं नम्बरमा ब्याटिङका लागि आएका स्कट कगेलैनले १० बलमा २ चौका प्रहार गर्दै १३ रन जोड्दै पेविलियन फर्किए ।

नवौं नम्बरमा ब्याटिङका लागि आएका नरेश बुढाएर ८, आठौं नम्बरमा आएका इशान पाण्डे ६ र सातौं नम्बरमा आएका आरिफ शेख १ रनमा पेविलियन फर्किदा १० औं नम्बरमा आएका नरेन साउद १ रनमा अविजित रहे ।

सुदुरपश्चिमले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३–३ विकेट लिँदा ललित राजबंशी र जेम्स निशमले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.