एजेन्सी । स्पेनिस महारथी रियल मड्रिड युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगमा एसी मिलानसंग स्तब्ध भएको छ ।

मंगलवार राति भएको लिग चरणअन्तर्गत खेलमा च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब समेत रहेको रियल मड्रिड इटालियन क्लब एसी मिलानसंग ३–१ ले स्तब्ध भएको हो ।

स्पेनिस क्लबको घरेलु मैदान स्यान्टियागो बेर्नाबाउ रंगशालामा भएको खेलमा १२ औं मिनेटमा क्रिस्टियन पुलिसिकको पासमा मलिक थियाओको गोलमार्फत् भ्रमणकारी टालीले सुरुवाती अग्रता लियो ।

तर, २३ औं मिनेटमा घरेलु टोलीका लागि भिनिसियस जुनियरले पेनाल्टीमा गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

यता, ३९ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दा सिरी ए क्लब २–१ ले अघि बढ्यो ।

दोस्रो हाफको ७३ औं मिनेटमा राफायल लियोको पासमा तिजानी रैजेन्डर्सले गोल थप्दा मिलान ३–१ ले विजयी भयो ।

यता, महत्वपूर्ण जितसंगै मिलानले ४ खेलबाट ६ अंक जोडेर लिग तालिकाको १८ औं स्थानमा उक्लियो ।

तुलनात्मक रुपमा बलियो मानिएको मड्रिड घरमै स्तब्ध बनेसंगै ४ खेलबाट ६ अंक जोडेर लिग तालिकाको १७ औं स्थानमा झरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.