एजेन्सी । युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगमा लिभरपुलले एसी मिलानमाथि पुनरागमन जित निकालेको छ ।
मंगलवार राति भएको खेलमा इंग्लिस टोली लिभरपूलले इटालियन टोली एसी मिलानमाथि ३–१ को पुनरागमन जित निकालेको हो ।
मिलानको घरेलु मैदान स्टाडियो गिउसिप्पे मियाजा रंगशालामा भएको खेलमा भ्रमणकारी टोली लिभरपूललाई जिताउन इब्राहिम कोनाटे, भिर्गिल भान डाइक र डोमिनिक स्जोबोस्ज्लाईले गोल गरे ।
घरेलु टोलीका लागि भने क्रिस्टियन पुलिसिकले एक गोल गरे ।
खेल सुरु भएको तेस्रो मिनेटमै अल्भारो मोराटाको पासमा पुलिसिकले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, २३ औं मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासमा कोनाटेले लिभरपूलका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यस्तैगरी ४१ औं मिनेटमा कोस्टास सिमिस्काको पासमा भान डाइकले गोल थप्दा मर्सिसाइड क्लब २–१ ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ६७ औं मिनेटमा कोडी गाक्पोको पासमा स्जोबोस्ज्लाईले गोल थप्दा लिभरपूल ३–१ ले विजयी भयो ।
पुनरागमन जितसंगै लिभरपूलले लिग तालिकामा तीन अंक जोडेको छ ।