एजेन्सी । स्पेनिस महारथी बार्सिलोनाले युईएफए च्याम्पियन्स लिगअन्तर्गत खेलमा बिएससी योङ्ग ब्वाइजमाथि फराकिलो जित हासिल गरेको छ ।

मंगलवार राति भएको खेलमा ला लिगा महारथी बार्सिलोनाले स्विज क्लब बिएससी योङ्ग ब्वाइजमाथि ५–० को फराकिलो जित हासिल गरेको हो ।

क्याटलन क्लबको घरेलु मैदान इस्टाडी ओलम्पिक लुइस कम्पनिज रंगशालामा भएको खेलमा घरेलु टोलीलाई फराकिलो जित दिलाउन रोर्बट लेवान्डोस्कीले दुई गोल गर्दा राफिन्हा र इनिगो मार्टिनेजले एक–एक गोल थपे ।

अर्को एक गोल भने पराजित टोलीका मोहमेद अलीको आत्मघाती गोलमार्फत् बार्सिलोनाले प्राप्त गर्यो ।

खेल सुरु भएको आठौं मिनेटमा राफिन्हाको पासमा लेवान्डोस्कीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।

त्यसपछि ३४ औं मिनेटमा राफिन्हाले गोल थप्दा बार्सिलोना २–० ले अघि बढ्यो ।

त्यस्तै, ३७ औं मिनेटमा पेड्रीको पासमा मार्टिनेजले गोल गर्दा स्पेनिस क्लब ३–० ले अघि बढ्यो ।

दोस्रो हाफको ५१ औं मिनेटमा मार्टिनेजको पासमा लेवान्डोस्कीले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा ला लिगा क्लब ४–० ले अघि बढ्यो ।

यता, ८१ औं मिनेटमा स्विज क्लबका मोहम्मद अलीले आत्मघाती गोल गर्न पुग्दा क्याटलान क्लब ५–० ले विजयी भयो ।

फराकिलो जितसंगै बार्सिलोनाले २ खेलबाट ३ अंक जोडेर लिग तालिकाको १० औं स्थानमा उक्लेको छ ।

पराजित योङ्ग ब्वाइजले भने समान २ खेलमा दुबैमा हारका साथ शुन्य अंकसहित तालिकाको पुच्छारमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.