एजेन्सी । स्पेनिस महारथी बार्सिलोना युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगअन्तर्गत खेलमा मोनाकोसंग स्तब्ध बनेको छ ।
विहिवार राति भएको लिग चरणको खेलमा तुलनात्मक रुपमा बलियो बार्सिलोना फ्रान्सेली टोली मोनाकोसंग २–१ गोलअन्तरले स्तब्ध बनेको हो ।
मोनाकोको घरेलु मैदान स्टेड लुईस आईआई रंगशालामा भएको खेलमा १० खेलाडीमा समेतिएको ला लिगा महारथीलाई स्तब्ध पार्न माघनेस अलियौचे र जर्ज इलेनिखेनाले गोल गरे ।
पराजित टोलीका लागि भने यामल लामिनले एक गोल फर्काए ।
खेल सुरु भएको १० औं मिनेटमा इरिक गार्सियाले रातो कार्ड पाउँदा बार्सिलोना १० खेलाडीमा समेतियो ।
जसको भरपुर फाइदा फ्रान्सेली टोलीले उठायो ।
खेलको १६ औं मिनेटमा भानडर्सनको पासमा अलियौचेले गोल गर्दै घरेलु टोलीले सुरुवाती अग्रता लियो ।
तर, २८ औं मिनेटमा मार्क कासाडोको पासमा यामलले क्याटलान क्लबका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, दोस्रो हाफको ७१ औं मिनेटमा भानडर्सनकै पासमा इलेनिखेनाले गोल थप्दा मोनाको २–१ ले विजयी भयो ।
महत्वपूणए जितसंगै मोनाकोले लिग तालिकामा तीन अंक जोडेको छ ।