
एजेन्सी । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मनले युईएफए च्याम्पियन्स लिगअन्तर्गत लिग चरणको पहिलो खेलमा जिरोनामाथि जित निकालेको छ ।
बुधवार राति भएको खेलमा पिएसजीले स्पेनिस क्लब जिरोनामाथि १–० को जित निकालेको हो ।
पिएसजीको घरेलु मैदान पेरिस देस प्रिन्सेस रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन जिरोनाका खेलाडी पाउलो गजानिगाको आत्मघाती गोल निर्णायक बन्यो ।
बराबरी उन्मुख खेलको अन्तिम समयतिर ९० औं मिनेटमा पाउलोले आत्मघाती गोल गर्न पुग्दा पिएसजी १–० ले विजयी बन्यो ।
जितसंगै पिएसजीले लिग तालिकामा महत्वपूर्ण ३ अंक जोडेको छ ।