Benfica's Danish defender #06 Alexander Bah (R) celebrates scoring his team's third goal during the UEFA Champions League, league phase day 2 football match between SL Benfica and Club Atletico de Madrid at the Luz stadium in Lisbon on October 2, 2024. (Photo by FILIPE AMORIM / AFP)

एजेन्सी । बेन्फिकाले युईएफए च्याम्पियन्स लिगअन्तर्गत खेलमा एट्लेटिको डि मड्रिडलाई फराकिलो गोलअन्तरले पराजित गरेको छ ।

विहिवार राति भएको खेलमा पोर्चुगिच टोली बेन्फिकाले स्पेनिस टोली एट्लेटिको डि मड्रिडमाथि ४–० को फराकिलो जित निकालेको हो ।

पोर्चुगिच टोलीको घरेलु मैदान इस्टाडियो दो स्पोर्ट लिस्बोआ इ बेन्फिका रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन मुहम्मेद करिम अक्टुरकोग्लु, एन्जेल डि मारिया, एलेक्जान्डर बाह र ओरकुन कोक्कुले गोल गरे ।

खेल सुरु भएको १३ औं मिनेटमा फेडरिक औरस्नेसको पासमा अक्टुरकोग्लुले गोल गर्दा बेन्फिका १–० ले अघि बढ्यो ।

त्यस्तै, दोस्रो हाफको ५२ औं मिनेटमा डि मारियाले पेनाल्टीमा गोल थप्दा पोर्चुगिच टोली २–० ले अघि बढ्यो ।

यता, ७५ औं मिनेटमा जान निकलास बेस्टेको पासमा बाहले गोल थप्दा बेन्फिका ३–० ले अघि बढ्यो ।

खेलको ८४ औं मिनेटमा कोक्कुले पेनाल्टीमा गोल गर्दै बेन्फिकालाई ४–० ले जित दिलाए ।

फराकिलो जितसंगै बेन्फिकाले २ खेलबाट ६ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

पराजित एट्लेटिकोको भने समान २ खेलमा ३ अंकसहित तालिकाको २३ औं स्थानमा झरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.