LONDON, ENGLAND - APRIL 9: Harry Kane (C) of Bayern Muenchen and Gabriel Magalhaes (C) of Arsenal FC battle for the ball during the UEFA Champions League quarter-final first-leg match between Arsenal FC and FC Bayern München at Emirates Stadium on April 9, 2024 in London, United Kingdom. (Photo by Vincent Mignott/DeFodi Images via Getty Images)

एजेन्सी । युरोपेली क्लब फुटबलको लोकप्रिय प्रतियोगिता युईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिख इंग्लिस क्लब आर्सनलसंग बराबरीमा रोकिएको छ ।

मंगलवार राति भएको क्वाटरफाइनलअन्तर्गत पहिलो लेग खेलमा जर्मन महारथी क्लब बायर्न म्युनिख इंग्लिस क्लब आर्सनलसंग २–२ को बराबरीमा रोकिएको हो ।

आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि बुकायो साका र लियान्ड्रो ट्रोसार्डले गोल गर्दा भ्रमणकारी टोलीका लागि ह्यारी केन र सर्जे जिनाब्रेले गोल गरे ।

खेल सुरु भएको १२ औं मिनेटमा बिन ह्वाइटको पासमा साकाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

तर, १८ औं मिनेटमा भ्रमणकारी टोलीका लागि लियोन गोरेट्ज्काको पासमा जिनाब्रेले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि ३२ औं मिनेटमा केनले पेनाल्टीमार्फत् गोल थप्दा म्युनिख पहिलो हाफसम्म २–१ ले अघि रह्यो ।

यता, दोस्रो हाफको ७६ औं मिनेटमा ग्राबियल जेससको पासमा ट्रोसार्डले गोल फर्काउँदा खेल २–२ को बराबरीमा सकियो ।

खेल बराबरीमा सकिएसंगै अब दोस्रो लेगबाट सेमिफाइनल पुग्ने टोलीको निर्धारण हुने भएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.