एजेन्सी । जारी सन् २०२३–२४ सिजनको युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको उपाधिका लागि रियल मड्रिड र बुरुसिया डर्टमण्ड भिड्दै छ ।

लण्डनस्थित वेम्बली रंगशालामा सनिवार राति हुने खेलमा स्पेनिस महारथी रियल मड्रिड र जर्मन क्लब बुरुसिया डर्टमण्ड आमनेसामने हुन लागेको हो ।

मड्रिडले सेमिफाइनलमा जर्मन महारथी बायर्न म्युनिखलाई पाखा लगाउँदै फाइनल यात्रा तय गर्दा डर्टमण्डले भने फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मनलाई स्तब्ध तुल्याउँदै फाइनलमा प्रवेश गर्यो ।

मड्रिड च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब हो ।

उसले हालसम्म १४ युरोपेली शीर्ष प्रतियोगिताको उपाधि जितिसकेको छ ।

च्याम्पियन्स लिगमा सर्वाधिक १८ पल्ट फाइनल यात्रा तय गरेको मड्रिडले अहिलेसम्म तीन फाइनल खेलमात्र गुमाएको छ ।

मड्रिडले पछिल्लोपल्ट सन् २०२१–२२ को च्याम्पियन्स लिग जितेको थियो ।

जारी सिजनको लयलाई हेर्ने हो भने पनि मड्रिड तुलनात्मक रुपमा डर्टमण्ड भन्दा बलियो टोली रहेको छ ।

यता, अप्रत्यासित रुपमा फाइनल यात्रा तय गरेको जर्मन टोलीलाई पनि कमजोर आक्न सकिन्न ।

ग्रुप अफ डेथका रुपमा हेरिएकोै समूह ‘एफ’ मा पिएसजी, एसी मिलान र न्युक्यासल युनाइटेडलाई पछि पार्दै समूह विजेताका रुपमा अघि बढेको टोली हो डर्टमण्ड ।

उसले नकआउट चरणमा पनि पिएसभी, एट्लेटिको डि मड्रिड र पिएसजी जस्ता बलियो टोलीलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेकाृ छ ।

डर्टमण्डले सन् १९९६–९७ सिजनमा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

पछिल्लोपल्ट डर्टमण्डले सन् २०१२–१३ मा च्याम्पियन्स लिग फाइनल खेलेको थियो ।

जसमा डर्टमण्ड बायर्न म्युनिखसंग २–१ ले पराजित भएको थियो ।

आज राति हुने च्याम्पियन्स लिगको फाइनल खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.