
एजेन्सी । युरोपेली क्लब फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको राउण्ड अफ १६ ड्र सार्वजनिक गरिएको छ ।
सोमवार स्विजरल्याण्डको नियोनमा एक कार्यक्रमबीच जारी सन् २०२३–२४ को च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक गरिएको हो ।
सार्वजनिक ड्र अनुसार साविक विजेता म्यानचेस्टर सिटीले डेनिस क्लब एफसी कोपनहेगनसंग प्रतिस्पर्धा गर्ने भएको छ ।
त्यस्तै, च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियल मड्रिडले जर्मन क्लब आरबी लाईपिजिङसंग खेल्ने पक्का हुँदा जर्मन महारथी बायर्न म्युनिखले भने इटालियन क्लब लाजियोसंग खेल्ने भएको छ ।
यता, फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) ले स्पेनिस क्लब रियल सोसिडाडसंग खेल्ने तय हुँदा इटालियन क्लब इन्टर मिलानले भने स्पेनिस क्लब एट्लेटिको डि मड्रिडसंग प्रतिस्पर्धा गर्ने भएको छ ।
त्यस्तैगरी जर्मन क्लब बुरुसिया डर्टमण्डले डच क्लब पिएसभीसंग खेल्ने पक्क हुँदा इंग्लिस क्लब आर्सनलले भने पोर्चुगिच क्लब एफसी पोर्टोसंग खेल्ने भएको छ ।
यता, हेभिवेट भिडन्तका रुपमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोली अन्तिम १६ मा आमनेसामने हुने भएका छन् ।
युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिताको अन्तिम १६ का खेलहरु होम एण्ड अवे प्रणालीका आधारमा दुई लेग खेलमा सञ्चालन हुनेछ ।
पहिलो लेगका खेलहरु सन् २०२४ को फ्रेबअरी १४, १५,, २१ र २२ तारिखमा खेलिनेछ भने दोस्रो लेग खेलहरु सन् २०२४ को मार्च ६, ७, १३ र १४ तारिखमा खेल्ने तालिका रहेको छ ।
युरोपका शीर्ष ३२ क्लबहरु सहभागी प्रतियोगिताबाट समूह चरणबाट १६ टोली बाहिरिएका थिए । जसमध्येमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, इटालियन क्लब इन्टर मिलान र स्पेनिस क्लब सेभिल्ला जस्ता चर्चित क्लबहरुले समूह चरण पार गर्न सकेनन् ।