एजेन्सी । युरोपेली फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता युईएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेग खेलका दुई खेल आज (मंगलवार) राति हुँदैछ ।

लिगा पोर्चुगल क्लब एफसी पोर्टोले सिरी ‘ए’ क्लब इन्टर मिलानसंग घरेलु मैदान इस्टादियो दो द्रागाओमा खेल्दैछ ।

इटालियन क्लबको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा इन्टरले पोर्टोलाई १–० ले पराजित गरेको थियो ।

त्यसैले आजको खेलमा इन्टरलाई अघिल्लो चरण प्रवेशको निम्ति बराबरीको नतिजा नै काफी रहँदा पोर्टोलाई कम्तीमा दुई गोलको अन्तरमा जित चाहिएको छ ।

त्यस्तै, प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले बुडेसलिगा क्लब आरबी लाईपिजिङलाई इतिहाद रंगशालामा आमन्त्रण गर्दैछ ।

यसअघि पहिलो लेग खेलमा इंग्लिस क्लब सिटी र जर्मन क्लब लाईपिजिङले १–१ को बराबरी खेलेको थियो । त्यसैले आजको खेल दुबै टोलीलाई महत्वपूर्ण छ ।

प्रतियोगितामा कायम रहन दुबै टिमलाई निश्चित जितको नतिजा नै चाहिन्छ ।

च्याम्पियन्स लिगका दुबै खेलहरु नेपाली समय अनुसार मध्यराति पौने २ बजे सुरु हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.