एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ ।
विहिवार राति भएको खेलमा साविक विजेता सिटीले चेल्सीमाथि १–० को जित निकालेको हो ।
सिटीका लागि एकमात्र निर्णायक गोल रियाद महारेजले गरेका थिए ।
स्टामफोर्ड ब्रिजमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सके तापनि दोस्रो हाफको ६३ औं मिनेटमा ज्याक ग्रिलिसको पासमा महारेजले महारेजले गोल गर्दा घरेलु टोली १–० ले पराजित हुन पुग्यो ।
जितसंगै सिटीले १७ खेलमा ३९ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । सिटीले लिग लिडर आर्सनललाई पछ्याइरहेको छ ।
यता, घरेलु टोली भने पराजयसंगै १० औं स्थानमा झरेको छ । चेल्सीको १७ खेलमा २५ अंक छ ।