
एजेन्सी । चेल्सी संयुक्त राज्य अमेरिकामा जारी २१ औं संस्करणको फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सनिवार विहान भएको खेलमा ब्राजिलियन क्लब पाल्मेरसमाथि २–१ को जित निकाल्दै इंग्लिस क्लब चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो ।
अमेरिकाको पेन्सिलभानियास्थित लिङ्कन फाइनान्सियल फिल्ड स्टेडियममा भएको खेलमा चेल्सीलाई जिताउन कोल पाल्मरले एक गोल गर्दा अर्को गोल ब्राजिलियन टोलीका अगस्टिन गिएको आत्मघाती गोलमार्फत् पायो ।
पराजित टोलीका लागि भने इस्टेभाओले एक गोल फर्काए ।
पहिलो हाफको १६ औं मिनेटमा ट्रेभोच चालोभाहको पासमा पाल्मरले गोल गर्दै लण्डन क्लबलाई १–० ले अघि बढाए ।
तर, दोस्रो हाफको ५३ औं मिनेटमा रिचार्ड रियोसको पासमा इस्टेभाओले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, ८३ औं मिनेटमा अगस्टिनले आत्मघाती गोल गर्न पुग्दा चेल्सी २–१ ले विजयी भयो ।
हारसंगै ब्राजिलियन क्लब भने प्रतियोगिताबाट बाहिरिएको छ ।