एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई पराजित गर्दै टोटनहम हटस्पर शीर्ष चारमा उक्लिएको छ ।
आइतवार भएको खेलमा घरेलु टोली टोटनहम हटस्परले चेल्सीलाई २–० ले पराजित गरेको हो ।
टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि कप्तान ह्यारी केन र ओलिभर स्किपले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुवाती समयमै स्पर्सका रुपमा समेत चिनिने टोटनहमले अग्रता लिएको थियो ।
स्पर्सका लागि स्किपले गोल गर्दै १–० को अग्रता दिलाए । त्यस्तै, ८२ औं मिनेटमा केनले गोल गर्दा स्पर्स २–० ले विजयी भयो ।
जितसंगै २५ खेलमा ४५ अंक जोडेको टोटनहम लिग तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।
यता, जारी सिजन लगातार खराब प्रदर्शन गरिरहेको चेल्सी २४ खेलमा ३१ अंकसहित तालिकाको १० औं स्थानमा छ ।
ग्राहम पोटरको प्रशिक्षकत्वमा रहेको चेल्सीले स्टार खेलाडीहरुको बाहुल्यता रहेतापनि राम्रो प्रदर्शन गर्न सकेको छैन ।