एजेन्सी । लिग लिडर लिभरपूलले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा चेल्सीलाई फराकिलो गोलअन्तरले पराजित गरेको छ ।

बुधवार राति भएको खेलमा लिभरपूलले चेल्सीलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।

लिभरपूलको घरेलु मैदान एन्फिल्ड रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा डिएको जोटा, कोनर ब्राड्ले, डोमिनिक स्जोबोस्ज्लाइ र लुइस डाइजले गोल गरे ।

पराजित टोलीका लागि क्रिस्टफोर एनकुन्कुले सान्तोना एक गोल फर्काए ।

खेलको २३ औं मिनेटमा कोनर ब्राड्लेको पासमा जोटाले गोल गर्दै लिभपूलले सुरुवाती अग्रता लियो ।

त्यसपछि ३९ औं मिनेटमा लुइस डाइजको पासमा ब्राड्लेले गोल थप्दा मर्सिसाइड क्लब २–० ले अघि बढ्यो ।

यता, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा डार्विन नुनेज पेनाल्टीमा चुक्दा लिभरपूल अग्रता बढाउने अवसरबाट चुक्यो ।

तर, दोस्रो हाफको ६५ औं मिनेटमा ब्राड्ले कै पासमा स्जोबोस्ज्लाईले गोल थप्दा लिभरपूल ३–० को सहज अग्रतातर्फ अघि बढ्यो ।

उता, भ्रमणकारी टोलीका लागि एनकुन्कुले ७१ औं मिनेटमा गाmे फर्काउँदा खेल ३–१ को अवस्थामा आयो ।

त्यसपछि ७९ औं मिनेटमा नुनेजको पासमा डाइजले गोल थप्दा लिभरपूल ४–१ ले विजयी भयो ।

फराकिलो जितसंगै तालिकाको शीर्ष स्थानमा रहेको लिभरपूलले २२ खेलबाट ५१ अंक जोडेको छ ।

पराजित चेल्सीको भने समान २२ खेलमा ३१ अंकसहित तालिकाको १० औं स्थानमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.