एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपिएल) मा चेनेई सुपर किंग्सले गुजरात टाइटन्सलाई क्वालिफायर १ मा १५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
मंगलवार राति भएको खेलमा १७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरको खेलमा अलआउट हुँदै १५७ रनमा समेतिएसंगै चेनेईले १५ रनको जित हात पार्दै आईपिएलको जारी सिजनमा फाइनल प्रवेश गरेको हो ।
योसंगै चेनेई आईपिएलको फाइनलमा १० औं पटक प्रवेश गरेको छ । पराजित गुजरातले भने अब क्वालिफायर २ खेल्न पर्ने भएको छ ।
चेनेईस्थित एमए चिदम्बरम रंगशालामा भएको खेलमा साविक विजेता गुजरातका लागि सुभम गिलले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४२ रन बनाउँदा राशिद खानले १६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३० रन बनाए ।
इम्प्याक्ट प्लेयरका रुपमा मैदान प्रवेश गरेका विजय शंकर १० बलमा १ छक्का प्रहार गर्दै १४ रन बनाउँदै आउट हुँदा दुसान शनाकाले १६ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै १७ रन बनाएर पेविलियन फर्किए ।
त्यस्तै, विकेटकिपर व्रिधिमन साहाले ११ बलमा २ चौका प्रहार गर्दै १२ रन बनाए । कप्तान हार्दिक पाण्डेया ८, डेभिड मिल्नर ४, मोहमद शामी ५ रनमा आउट हुँदा दर्शन नालकान्दे शुन्य रनमा पेविलियन फर्किए ।
नुर अहमद ७ रनमा अविजित रहे । गुजरातले अतिरिक्त रुपमा १५ रन जोड्यो ।
घरेलु टोली चेनेईका लागि रविन्द्र जडेजाले ४ ओभर बलिङ गर्दै १८ रन दिएर २ विकेट लिँदा महेश थेक्शानाले ४ ओभरमा २८ रन दिएर २ विकेट लिए ।
त्यस्तै, दिपक चाहारले पनि ४ ओभर बलिङ गर्ने क्रममा २९ रन दिएर २ विकेट हात पार्दा इम्प्याक्ट प्लेयरका रुपमा मैदान प्रवेश गरेका माथेश पाथिराणाले ४ ओभर बलिङ गर्दै ३७ रन खर्चिएर २ विकेट लिए ।
यता, तुषार देशपाण्डेले ४ ओभर बलिङ गर्दै ४३ रन खर्चिदै १ विकेट लिए ।
त्यसअघि टस हार्दै पहिला ब्याटिङमा उत्रिएको चेनेईले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १७२ रन बनायो ।
चेनेईका लागि रुतुराज गाइकवादले ४४ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ६० रनको अर्धशतकिय पारी खेल्दा दिभोन कोनवेले ३४ बल खेल्दै ४ चौका प्रहार गर्दै ४० रन बनाए ।
त्यस्तै रविन्द्र जडेजाले १६ बलमा २ चौका प्रहार गर्दै २२ रन बनाउँदै पेविलियन फर्किदा अम्बती रायुदुले ९ बलको सामना गर्दै १७ रन बनाएर आउट भए । अ
जिन्का राहानेले १० बलमा १ छक्का प्रहार गर्दै १७ रनमा आउट हुँदा कप्तान महेन्द्र सिंह धोनी र शिभम् दुबे समान १ रनमा पेविलियन फर्किए । मोइन अली ९ रनमा अविजित रहे । चेनेईले अतिरिक्त रुपमा ५ रन जोड्यो ।
गुजरातका लागि मोहम्मद शामीले ४ ओभर बलिङ गर्ने क्रममा २८ रन दिएर २ विकेट लिँदा मोहित शर्माले ४ ओभरमा ३१ रन दिएर २ विकेट लिए ।
त्यस्तै, नुर अहमदले ४ ओभर बलिङ गर्दै २९ रन दिएर १ विकेट लिँदा राशिद खानले ४ ओभरमा ३७ रन खर्चिएर १ विकेट लियो । यता, दर्शन नालकान्देले पनि ४ ओभर बलिङ गर्दै ४४ रन खर्चिएर १ विकेट हात पारे ।
आईपिएलअन्तर्गत बुधवार लखनउ सुपर किंग्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।