
एजेन्सी । चिल्लीमाथि जित निकाल्दै अर्जेन्टिना कापा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधवार भएको दोस्रो खेलमा चिल्लीमाथि १–० को जित निकाल्दै साविक विजेता अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
संयुक्त राज्य अमेरिकाको न्यु जर्सीस्थित मेटलाईफ स्टेडियममा भएको खेलमा उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनालाई जिताउन लाउटारो मार्टिनेजले निर्णायक गोल गरे ।
बराबरीउन्मुख खेलको ८८ औं मिनेटमा मार्टिनेजले गोल गर्दा साविक विजेता टोली १–० ले विजयी भयो ।
जितसंगै अर्जेन्टिनाले समूह चरणमा दुई खेल खेल्दा शतप्रतिशत जितका साथ ६ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा कायम छ ।
पराजित चिल्लीको दुई खेलबाट एक अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।
त्यसअघि बुधवार विहानै भएको पहिलो खेलमा क्यानडाले पेरुमाथि १–० को जित निकालेको छ ।
कान्सास सिटीस्थित चिल्ड्रेन्स मर्सी पार्क स्टेडियममा भएको खेलमा क्यानडालाई जित दिलाउन जोनाथन डेभिडले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५९ औं मिनेटमा मिगुएल अरौजोले रातो कार्ड पाउँदा पेरु १० खेलाडीमा समेतियो ।
जसको भरपुर फाइदा क्यानडाले उठायो ।
खेलको ७४ औं मिनेटमा जकोब शफेलबर्गको पासमा डेभिडले गोल गर्दै क्यानडालाई १–० ले जिताए ।
महत्वपूर्ण जितसंगै क्यानडाले दुई खेलबाट तीन अंक जोड्दै समूह ‘ए’ को तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
पराजित पेरुको समान खुई खेलमा एक अंकसहित तालिकाको चौथौं स्थानमा झरेको छ ।