भक्तपुर । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत दोस्रो चरणका खेलहरु मंगलवारदेखि सुरु भएको छ ।
एन्फा कम्लेस सातदोबाटोमा भएको खेलमा चर्च ब्वाइज युनाइटेडले एफसी खुमलटारलाई ३–१ गोलअन्तरले पराजित गरेको छ ।
खेलको ११ औै मिनेटमा आशिष चापागाईले गोल गर्दै चर्च ब्वाइजलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि १८ औं मिनेटमा एरिक बिष्टले गोल थप्दा चर्च वाइज खेलमा २–० ले अघि बढ्यो ।
४० औं मिनेटमा खुमल्टारका मेसुका ओलौमोले गोल गर्दा खेल २–१ मा आयो ।
त्यसपछि ७१ औं मिनेटमा आशिषले नै व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा चर्च ब्वाइज ३–१ ले विजयी भयो ।
जारी लिगमा लागातार दोस्रो जित निकालेको चर्च ब्वाइज ६ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा उक्लिेको छ ।
यता, पराजित खेमलटारको २ खेलमा ३ अंक छ । खुमलटार तालिकाको पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै, मंगलवार नै भएको दोस्रो खेलमा थ्रीस्टार क्लब र फ्रेन्ड्स क्लबले ३–३ को बराबरी खेलेको छ ।
ललितपुर डर्बीका रुपमा समेत चिनिएको खेलमा थ्रीस्टारका लागि मार्टिन अजायी, योगेश गुरुङ र प्रदिप लम्सालले गोल गर्दा फ्रन्ड्सका लागि कुशल मल्लले २ गोल गर्दा उकेतामोभले अर्को गोल गरे ।
ललितपुर डर्बी बराबरीमा टुंगिएसंगै दुबै टोलीले १–१ अंक बाँधेका छन् ।
लिग तालिकामा थ्रीस्टारले २ खेलमा १ अंक जोड्दै ११ औं स्थानमा रहँदा फ्रेन्ड्सको पनि समान खेलमा १ अंक जोड्दै तालिकाको १० औं स्थानमा रहेको छ ।