AL RAYYAN, QATAR - NOVEMBER 28: Guesung Cho of Korea Republic scores their team's second goal during the FIFA World Cup Qatar 2022 Group H match between Korea Republic and Ghana at Education City Stadium on November 28, 2022 in Al Rayyan, Qatar. (Photo by Alex Grimm/Getty Images)

भक्तपुर । फिफा विश्वकपअन्तर्गत दक्षिण कोरिया घानासंग पराजित भएको छ ।

सोमवार भएको खेलमा एसियाली राष्ट्र दक्षिण कोरिया अफ्रिकी राष्ट्र घानासंग ३–२ ले पराजित भएको हो ।

इड्युकेशन सिटी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा घानाले २४ औं मिनेटमा मोहम्मद सलिसुको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो ।

त्यसको ठिक १० मिनेटपछि नै मोहम्मद कुदुसको गोलमार्फत घानाले अग्रता दोब्बर पार्दा खेल २–० को अवस्थामा पुगेको थियो ।

मध्यान्तरसम्म आरामदायी अवस्थामा रहेको घानाले ५८ औं मिनेटमा गोल बेर्होयो । चो गुई सुङको गोलमार्फत कोरिया खेलमा फर्किने संकेट देखायो ।

लगत्तै ६१ औं मिनेटमा कोरियाले खेल बराबरी गर्यो । चो गुई सुङले नै सेटपिसमा आकर्षक हेडर गोल गर्दा खेल २–२ को बराबरीमा पुग्यो ।

यता ६८ औं मिनेटमा घानाले फेरि अग्रता लियो । उसका लागि मोहम्मद कुदुसले व्यक्तिगत रुपमा दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दा खेल ३–२ को अवस्थामा पुग्यो ।

त्यसपछि आक्रमक बनेको कोरियाले विपक्षीमाथि निरन्तर आक्रमण बुनेपनि गोल भने गर्न सकेन र खेल ३२ ले घानाले जित्यो ।

जितसंगै घानाको दुई खेलमा ३ अंक भएको छ । पराजित कोरियाको १ अंक छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.