भक्तपुर । ६० औं राष्ट्रिय बाल दिवसका अवसरमा भक्तपुर फुटबल क्लबको आयोजनामा दोस्रो भक्तपुर ग्रासरुट्स डे फुटबल फेष्टिबल कार्यक्रम सम्पन्न भएको छ ।

सनिवार भक्तपुर नगरपालिकास्थित महेश्वरी खेल मैदानमा जिल्लाका लेजेण्ड खेलाडी स्वर्गिय रामहरी श्रेष्ठको सम्झनामा भक्तपुर ग्रासरुट्स डे फुटबल फेष्टिबल कार्यक्रम सम्पन्न भएको हो ।

भक्तपुर नगरका प्रमूख सुनिल प्रजापतिले उद्घाटन गर्नु भएको ग्रासरुट्स फेष्टिबलमा जिल्लाका २० विद्यालयको सहभागिता रह्यो ।

ग्रासरुट्स फुटबल फेष्टिबलमा खोप्रिङ्ग इंग्लिस एकेडेमी, अरनिको स्कुल, पारागन एकेडेमी, न्यातापोल स्कुल, श्री फैध्वाका स्कुल, गणेश सेकेन्डरी स्कुल, लिटल गार्डेन स्कुल, रोम्बस स्कुल, दधिकोट स्कुल, शान्ति दिप विद्या सदन, एभरेष्ट इंग्लिस स्कुल, जनप्रेमी स्कुल, भक्तपुर इंग्लिस स्कुल, विनयक स्कुल, प्रसिद्धि पाठशाला, भक्तपुर निस्ट, मेधा पाठशाला, प्रज्ञा स्कुल, नवरत्न स्कुल र मडरल्याण्ड स्कुलको सहभागिता रहेको थियो ।

ग्रासरुट्समार्फत स्तरिय खेलाडी उत्पादन गर्ने हेतुका साथ भक्तपुर फुटबल क्लब जिल्लामा क्रियाशिल रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.