
एजेन्सी । चेन्नेई सुपर किंग्सले भारतिय टि–२० ढाँचाको शीर्ष लिग इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा गुजरात टाइटन्समाथि जित निकालेको छ ।
मंगलवार राति भएको खेलमा साविक विजेता चेन्नेई सुपर किंग्सले साविक उपविजेता गुजरात टाइटन्समाथि ६३ रनको जित निकालेको हो ।
महत्वपूर्ण जितसंगै चेन्नेईले २ खेलबाट ४ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
पराजित गुजरातको भने समान २ खेलमा २ अंकसहित तालिकाको छैटौं स्थानमा झरेको छ ।
चेन्नेईको घरेलु मैदान एम. ए. चिदमबरम रंगशालामा भएको खेलमा २०७ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको गुजरात निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै मात्र १४३ रनमा समेतियो ।
गुजरातका लागि इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका साई सुदर्शनले ३१ बलमा ३ चौका प्रहार गर्दै ३७ रन जोड्दा डेभिड मिल्लरले १६ बल खेल्दै ३ चौका प्रहार गरेर २१ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, ओपनर ब्याट्सम्यान तथा विकेटकिपर वृद्दिमान साहाले १७ बलमा ४ चौका प्रहार गर्दै २१ रन जोडेर आउट हुँदा अज्मतुल्लाह ओमारजाईले १० बलमा १ चौका प्रहार गर्दै ११ रन जोडेर पेविलियन फर्किए ।
यता, विजय शंकरले १२ बलमा १ छक्का प्रहार गर्दै १२ नै रन जोडेर आउट हुँदा कप्तान सुबमन गिल ८, राहुल तेवातिया ६ र राशिद खान १ रनमा पेविलियन फर्किए ।
उमेश यादवले ११ बलको सामना गर्दा १ छक्का प्रहार गर्दै १० रन जोडेर अविजित रहँदा स्पेन्सर जोन्सनले ५ रन जोडेर अविजित रहे ।
गुजरातले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
गुजरातमाथि जित निकाल्न दिपक चाहर, मुस्ताफिजुर रहमान र तुषार देशपान्डेले समान २–२ विकेट लिँदा डर्याल मिट्चेल र माथिशा पाथिराणाले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको चेन्नेईले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २०६ रनको विशाल योगफल तयार गर्यो ।
घरेलु टोली चेन्नेईका लागि सिभम् दुबेले २३ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान तथा कप्तान रुतुराज गाइकवादले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४६ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, अर्का ओपनर रचिन रविन्द्रले पनि २० बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन जोडेर आउट हुँदा डर्याल मिट्चेलले २० बल खेल्दै २ चौका प्रहार गरेर २४ रन जोड्दै अविजित रहे ।
यता, समिर रिज्भीले ६ बलमा २ छक्का प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा अजिज्क्या राहानेले १२ बलमा १२ रन जोडेर पेविलियन फर्किए ।
रविन्द्र जडेजा भने ७ रन बनाएर पेविलियन फर्किए ।
चेन्नेईले अतिरिक्त रुपमा ६ रन जोड्यो ।
गुजरातका लागि राशिद खानले २ विकेट लिँदा रविश्रीनिभासन साई किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले समान १–१ विकेट लिए ।