एजेन्सी । श्रीलंकामा जारी पाँचौं संस्करणको लङ्का प्रिमियर लिगअन्तर्गत पहिलो क्वालिफायर खेलमा जित निकाल्दै गाल्ले टाइटन्स फाइनलमा प्रवेश गरेको छ ।

विहिवार भएको खेलमा जाफ्ना किंग्समाथि ७ विकेटको जित निकाल्दै गाल्ले टाइटन्स फाइनलमा प्रवेश गरेको हो ।

पराजय बेहोरेको जाफ्ना किंग्सले भने अब फाइनलमा स्थान बनाउन इलिमिनेटर खेल खेल्न पर्ने भएको छ ।

कोलोम्बोस्थित आर. प्रेमादासा रंगशालामा भएको खेलमा १७८ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको गाल्ले टाइटन्सले १८.१ ओभरमा ३ विकेट गुमाउँदै १८१ रन जोड्यो ।

गाल्लेको जितमा टिम सेइफेर्टले ४१ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा जनिथ लियानागेले ३६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गर्दै ५६ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान एलेक्स हालेसले २१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३६ रन जोडेर आउट हुँदा कप्तान तथा विकेटकिपर निरोशान डिकवेल्लाले ९ रनमा पेविलियन फर्किए ।

यता, भानुका राजापाक्ष ८ रनमा अविजित रहे ।

गाल्लेले अतिरिक्त रुपमा १० रन जोड्यो ।

जाफ्नाका लागि अजमतुल्लाह ओमारजायी, फाबियन एलेन र तबराइज शाम्सीले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको जाफ्नाले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १७७ रन जोड्यो ।

जाफ्नाका लागि अभिशका फेर्नान्डोले ३३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेल्दा रिले रोस्सौले २२ बल खेल्नेक्रममा ४ चौका र ३ छक्का प्रहार गर्दै ४० रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, विकेटकिपर कुशल मेन्डिसले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४६ रन जोडेर आउट हुँदा अजमतुल्लाह ओमारजायीले ८ बल खेल्दै १ छक्का प्रहार गरेर १४ रन जोडेर अविजित रहे ।

यता, धनन्जय डि सिल्भा ९, कप्तान चरिथ असलंका ७, अर्का ओपनर पाथुम निसंका ४ र फाबियन एलेन १ रनमा पेविलियन फर्किदा वानुजा सहान शुन्य रनमा अविजित रहे ।

जाफ्नाले अतिरिक्त रुपमा ४ रन जोड्यो ।

गाल्लेले डिवाइने प्रटोरियोसले सर्वाधिक ४ विकेट लिँदा इसुरु उडानाले २ र प्रभात जयसुर्याले १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.