
एजेन्सी । इंग्लिस क्लब लिभरपुलले कतार विश्वकपका स्टार खेलाडी कोडी गाक्पोलाई क्लबमा भित्र्याउने भएको छ ।
चर्चित इटालियन खेल पत्रकार फाबरिजिओ रोमानोका अनुसार लिभरपुलले नेडरल्याण्ड राष्ट्रिय टोलीका खेलाडीलाई अग्रिम साइन गरेको हो ।
डच खेलाडी गाक्पोलाई लामो समयदेखि अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि पछ्याइरहेको थियो ।
इंग्लिस सञ्चारमाध्यमहरुका अनुसार पोचुगिच फरवार्ड क्रिचियानो रोनाल्डोको बहिर्गमनपछि युनाइटेडले उनको स्थानमा गाक्पोलाई ल्याउन चाहिरहेका थिए ।
तर, प्रतिद्वन्दी लिभरपूलले सनसनी रुपमा गाक्पोलाई एन्फिल्डमा भित्र्याउँदै युनाइटेडलाई जिल्ल पारेको छ ।
समाचार अनुसार गाक्पोलाई मर्सिसाइड क्लबले ६ वर्षका लागि सम्झौता गरेको छ ।
डच क्लब पिएसभीले गाक्पोका लागि जोग्रेन क्लोपको प्रशिक्षणमा रहेको लिभरपूलसंग कति मूल्यमा सहमति जनायो भन्ने कुरा सार्वजनिक गरेको छैन ।
तर, पिएसभीको इतिहासमा क्रीतिमानी रकम भएको जनाएको छ ।
फाबरिजिओ रोमानोका अनुसार करिब करिब ५० मिलियन पाउण्ड स्टर्लिङमा सहमति जनाएको हुन सक्ने बताएका छन् ।
केहिदिन पछि खुल्ने जनवरी ट्रासफोरको मुखैमा लिभरपुलले उदयीमान युवा फरवार्ड भित्र्याउने प्रक्रिया पुरा गरेको हो ।