एजेन्सी । युरोपेली क्लब फुटबलमा खेलाडी सुरुवा बजारमा जनवरी ट्रान्सफरको अन्तिम दिन सनसनीपूर्ण रह्यो । मंगलवार अवेर रातिसम्म भएका केहि अप्रत्यासित खेलाडी स्थानान्तरणलाई नियालौं ।
१) इन्जो फर्नान्डेज ( बेन्फिकाबाट चेल्सी)
ट्रान्सफर बजारको अन्तिम दिन इन्जो फर्नान्डेजलाई चेल्सीले सनसनीपूर्ण रुपमा अन्तिम समयतिर क्रीतिमानी रकममा भित्र्याउन सफल भएको छ ।
चेल्सीले अर्जेन्टाइन खेलाडीका लागि क्रीतिमानी १०६ मिलियन ब्रिटिस पाउण्ड खर्चिएको छ ।
लामो समयदेखि पछयाइरहेको लण्डन क्लबले अनेकन हल्लाकाबीचमा पनि पोर्चुगिच टिमबाट २२ वर्षिय खेलाडीलाई स्टामफोर्ड ब्रिज भित्र्याउन सफल भएका हुन् ।
युरोपेली मिडियाका अनुसार गयराति अबेरसम्म बेन्फिकाले इन्जोलाई नछोड्ने बताइरहेको थियो ।
२) मर्चेल सवित्जेर (ब्रायन म्युनिखबाट म्यानचेस्टर यूनाईटेड)
जारी सिजन राम्रो प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडले जनवरी ट्रान्सफरमा लोनमा दुई खेलाडी भित्र्याएको थियो ज्याक बुटल्याण्ड र ओउट वेगहर्स्टलाई ।
बुटल्याण्डलाई ब्याकअप गोलकिपरका रुपमा लोनमा बाँकी सिजनका लागि अनुबन्ध गरेको युनाइटेडले वेगहर्स्टलाई पनि क्रिचियानो रोनाल्डोको स्थानमा तत्कालका लागि सिजनको बाँकी अवधिका लागि ओल्डट्राफेड भित्र्याएको थियो ।
त्यसयता, जनवरी ट्रान्सफरमा चलायमान नदिखिएको युनाइेड जनवरी सरुवा बजारको अन्तिम १० घण्टा भने निक्कै आक्रमक बन्यो ।
कारण थियो हिजैमात्र युनाइटेडका मिडफिल्डर क्रिस्टियन इरेक्सन बाँकी सिजनमा उपलब्ध हुन नसक्ने कुरा प्रकाशित हुनु ।
इरिक ट्याङ ह्याङका महत्वपूर्ण खेलाडीका रुपमा रहेका मिडफिल्डर गत आइतवार एफए कपका दौरान घाईते हुन पुगेका थिए ।
डेनिस मिडफिल्डरको चोट ठूलो नरहेको अपेक्षा गरिरहँदा हिजैमात्र मार्च, अप्रिल अगाडी इरेक्सन मैदान फर्किन नसकिने रिपोर्ट बाहिरिएको थियो ।
जसले गर्दा चिन्तित देखिएको युनाइटेडले तत्कालै इरेक्सनको विकल्प खोजी तिब्र पारेका थियो ।
लगत्तै जर्मन महारथी ब्रायन म्युनिखका मिडफिल्डर सवित्जेरले पनि युनाइटेडबाट खेल्ने इच्छा प्रकट गरेको समाचार प्रकाशित भएका थिए ।
उक्त समाचारबाट हौसिएको युनाइटेडले ट्रान्सफर डेडलाइन सकिन केहि घण्टा बाँकी अवधिमा सनसनीपूर्ण रुपमा सवित्जेरलाई ओल्डट्राफेड भित्र्याइ छाडे ।
यसअघि सवित्जेरलाई इंग्लिस क्लब चेल्सीले पनि अन्तिम समयसम्म पछ्याइरहेको थियो ।
३) जोर्गिन्हो (चेल्सीबाट आर्सनल)
इन्जो फर्नाडेजको स्टामफोर्ड ब्रिज आगमनसंगै इटालियन मिडफिल्डर चेल्सीबाट आर्सनल पुगेका छन् ।
चेल्सीबाट आर्सनलले जोर्गिन्होका लागि १२ मिलियन युरोमा भित्र्याएका हुन् । आर्सनलले जोर्गिन्होलाई हिजो नै सार्वजनिक गरेको छ ।
उनले आर्सनलमा २० नम्बरको जर्सी लगाउने छन् ।
४) केलियर नाभास (पिएसजीबाट नटिङघम फोरेस्ट)
डेडलाइन डेको अर्को सनसनीपूर्ण समाचार हो केलियर नाभास ।
जर्मन महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) का गोलकिपर अन्तिम समयमा प्रिमियर लिग क्लब नटिङघम फोरेस्टमा आबद्व भए ।
रियल मड्रिडका पूर्व स्टारले नटिङघम फोरेस्टमा सिजनको बाँकी अवधि खेल्नेछन् ।
फोरेस्टले आफ्ना नम्बर १ गोलकिपर डिन हेन्डरसनलाई चोटका कारण केहि समय गुमाउने पक्का भइसकेपछि विकल्पमा किपर खोजी सुरु गरेको थियो ।
यस्तोमा पिएसजीमा पहिलो रोजाइमा पर्न नसकिरहेका नाभास प्रिमियर लिग क्लबमा पुगेका हुन् ।
५) म्याट डर्फी (टोटनहमबाट एट्लेटिको मड्रिड)
इंग्लिस क्लब टोटनहमले जनवरी ट्रान्सफर सकिने अन्तिम समयतिर डिफेन्डर म्याट डर्फीसंगको सम्झौता रद्द गरेपछि छोटो अवधिका लागि स्पेनिस क्लब एट्लेटिको मड्रिडले भित्र्याएको छ ।
आइरिस अन्तराष्ट्रिय खेलाडी टोटनहमसंगको साधे २ वर्षको सम्बन्ध टुङ्याउदै स्पेनको राजधानी पुगेका हुन् ।
खबर अनुसार उनी सिजनको अन्त्यसम्म एट्लेटिको बस्नेछन् ।
हाकिम जियाच (चेल्सीबाट पिएसजी) असफल
डेडलाइन डेको अप्रत्यासित अर्को ठूलो खबर हो हाकिम जियाच । टोकिएको समयमा आवश्यक कागजात पु¥याउन नसकेको कारण जनाउँदै ट्रान्सफर सम्झौता भत्किएको खबर प्रकाशित भएको छ ।
जियाच लोनमा फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्व हुने तयारीमा थिए ।
खबर अनुसार उनले पिएसजीका लागि मेडिकल समेत गरिसकेका थिए । तर, पश्चिम लण्डन क्लबले समयमै आवश्यक कागजात नपु¥याइदिँदा अन्तिम समयमा सरुवा रद्द हुन पुग्यो ।
२९ वर्षिय खेलाडी आफैले सहमतिका लागि बारम्बार ताकेता गरेको थियो । जसले गर्दा आयाक्सका पूर्व खेलाडी निराश रहेको खबर प्रकाशित भएको छ ।
जारी सिजन मोरोक्वेली खेलाडीले चेल्सीमा पर्याप्त खेल समय पाइरहेका थिएनन् ।