एजेन्सी । कतार विश्वकपअतर्गत आइतबार हुने फाइनल खेलको तयारीमा रहेको फ्रान्सेली फुटबल टोलीमा फ्लुबाट तीन खेलाडी संक्रमित भएसंगै प्रशिक्षक डिडियर देस्च्याम्प चिन्तित देखिएको समाचार बाहिरिएको छ ।
फ्लुका कारण एड्रियन राबियो, डायोट उपामेकानो र किङ्स्ले कोम्यान विरामी परेको जनाइएको छ । उपामेकानो फाइनलका लागि ठीक हुने आसा फ्रान्सेली प्रशिक्षकको छ ।
‘अहिलो फ्लुको सिजन छ, त्यसैले हामी सबैले सतर्क हुनुपर्छ,’ देस्च्याम्पले भनेका थिए, ‘खेलाडीहरूले धेरै मेहेनत गरिरहँदा रोगप्रतिरोधात्मक क्षमतामा पनि कमी आएको हुन सक्छ।’
देस्च्याम्पको फ्रान्सले आइतबार राति उपाधिका लागि अर्जेन्टिनाको सामना गर्दैछ। दक्षिण अमेरिकी राष्ट्रलाई पराजित गर्न सके साविक विजेतासमेत रहेको फ्रान्सले उपाधि रक्षा गर्नेछ ।