भक्तपुर । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा विहिवार ललितपुर सिटी एफसीपोखरा थन्डर्स एफसी आमनेसामने हुँदैछन् ।

दोस्रो संस्करणको फ्रेन्चाइज प्रतियोगितामा ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी फाइनल प्रवेशका लागि आमनेसामने हुने भएका हुन् ।

सेमिफाइनल सरहको क्वालिफायर (२) खेलमा विजयी हुने टोलीले धनगढी एफसीसंग एनएसएलको उपाधिका लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताअन्तर्गत क्वालिफायर (१) खेलमा साविक उपविजेता धनगढी एफसीसंग पराजय बेहोरेको पोखराले फाइनल प्रवेशका निम्ती क्वालिफायर (२) खेल खेल्ने तयारी गर्दा ललितपुर सिटीले साविक विजेता समेत रहेको काठमाडौं रेजर्समाथि जित निकाल्दै क्वालिफायर (२) मा स्थान बनाएको हो ।

प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विहिवार साँझ ५ः३० बजे सुरु हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.