Netherlands' defender #22 Denzel Dumfries (R) celebrates scoring his team's third goal during the Qatar 2022 World Cup round of 16 football match between the Netherlands and USA at Khalifa International Stadium in Doha on December 3, 2022. (Photo by Anne-Christine POUJOULAT / AFP)

भक्तपुर । फिफा विश्वकपको पहिलो प्रि–क्वाटरफाइनल खेलमा संयुक्त राज्य अमेरिकामाथि जित हात पार्दै नेडरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सनिवार भएको खेलमा नेडरल्याण्डले अमेरिकामाथि ३–१ गालअन्तरको जित हात पारेको हो ।

खालिफा अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा खेलको १० औं मिनेटमा मेम्फिस डीपेको गोलमार्फत डच टोलीले १–० को अग्रता लिएको थियो ।

त्यस्तै, पहिलो हाफको अन्त्यतिर दाले ब्लिन्डले गोल गर्दै नेडरल्याण्डलाई पहिलो हाफमा २–० को सहज अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ७६ औं मिनेटमा अमेरिकाका लागि हाजी रुइटले गोल गर्दा खेल २–१ को अवस्थामा आयो । तर, ८१ औं मिनेटमा देनजेल दुमफ्रिजले गोल गर्दा डच टोली ३–१ ले विजयी रह्यो ।

जितसंगै लुइस भान गालको नेडरल्याण्डले अन्तिम ८ को स्थान पक्का गर्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.