एजेन्सी । इंग्लिस फुटबलको चर्चित क्लब लिभरपूलका मुख्य प्रशिक्षक जोर्गेन क्लोपले सिजनको अन्त्यसंगै क्लब छाड्ने भएका छन् ।

शुक्रवार क्लोपले जारी सिजनको अन्त्यसंगै मर्सिसाइड क्लब छाड्ने बताएका हुन् ।

बुधवार राति मात्रै लिभरपूल इंग्लिस प्रतियोगिता इएफएल कपको फाइनलमा प्रवेश गरेको थियो ।

यस्तोमा ५६ वर्षिय लिभरपूल प्रशिक्षकले अप्रत्यासित रुपमा क्लब छाड्ने निर्णय गरेसंगै लिभरपूल समर्थकहरु आश्चर्यमा परेका छन् ।

यसअघि जर्मन प्रशिक्षक सन् २०१५ मा जर्मन क्लब बुरुसिया डर्टमण्ड छोडर मर्सिसाइड क्लब आएका थिए ।

उनले लिभरपूलका लागि सम्भव भएसम्म सबै उपाधि जिताइसकेका छन् ।

उनले लिभरपूललाई सन् २०१९ मा युईएफए च्याम्पियन्स लिगको उपाधि जिताउदा २०२० मा प्रिमियर लिगको उपाधि दिलाएका थिए ।

त्यस्तै, सन् २०२२ मा इंग्लिस फुटबलको प्रतिष्ठित प्रतियोगिता एफए कप र इएफएल कपको उपाधि पनि जिताउँर्दा युईएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि पनि उनले लिभरपूललाई दिलाइसकेका छन् ।

उनको नेतृत्वमा रहेको रेड्सका रुपमा समेत चिनिने लिभरपूल प्रिमियर लिगको शीर्ष स्थानमा रहेको रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.