एजेन्सी । संयुक्त राज्य अमेरिकामा जारी २१ औं संस्करणको फिफा क्लब विश्वकपको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

बुधवार विहान अन्तिम १६ का खेलहरु सम्पन्न भएसंगै क्वाटरफाइनल खेल्ने आठ टोलीको टुंगो लागेको हो ।

क्वाटरफाइनलमा पुग्ने आठ टोलीमा स्पेनिस महारथी रियल मड्रिड, फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी), इंग्लिस क्लब चेल्सी, जर्मन क्लब बायर्न म्युनिख र बुरुसिया डर्टमण्ड, ब्राजिली क्लब पाल्मेरस र फ्लुमिनेन्से तथा साउदी क्लब अल हिलाल रहेका छन् ।

अन्तिम १६ बाट साविक विजेता म्यानचेस्टर सिटीसंगै इन्टर मिलान, युभेन्टस, बेन्फिका, इन्टर मियामी, फ्लेमेङ्गो, बोटाफोगो र मोन्टेरी बाहिरएका छन् ।

प्रि–क्वाटरफाइनलका रुपमा समेत चिनिने अन्तिम १६ बाट चार बलिया युरोपेली टोली बाहिरिन पुग्यो ।

इंग्लिस महारथी म्यानचेस्टर सिटीलाई एसियाली क्लब अल हिलालले स्तब्ध पार्दा इटालियन टोली इन्टरलाई ब्राजिली टोली फ्लुमिनेन्से, अर्को इटालियन टोली युभेन्टसलाई मड्रिड र बेन्फिकालाई चेल्सीले पराजित गर्यो ।

अब क्वाटरफाइनलमा युरोपेली च्याम्पियन पिएसजीले म्युनिख, मड्रिडले डर्टमण्ड, चेल्सीले पाल्मेरस र फ्लुमिनेन्सेले अल हिलालसंग खेल्ने तालिका रहेको छ ।

क्वाटरफाइनलका खेलहरु जुलाइ ५ र ६ तारिखमा हुने तालिका रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.