एजेन्सी । फिफा विश्वकप सकिएसंगै क्लब फुटबल फर्केको छ । मंगलवार राति इंग्लिस फुटबलको नकआउट प्रतियोगिता कारावाओ (इएफएल) कपको राउण्ड अफ १६ का ४ खेल सम्पन्न भए ।

गयराति सम्पन्न ४ खेलको चर्चा गरौं ।

न्युक्यासल युनाइटेडविरुद्व बर्नमाउथ
इएफएल कपको राउण्ड ४ मा इंग्लिस फुटबलको शीर्ष प्रिमियर लिग क्लबद्वय न्युक्यासल युनाइटेड र बर्नमाउथ आमनेसामने भएका थिए स्ट्यास जेम्स पार्क रंगशालामा ।

जारी सिजनको प्रिमियर लिगमा सनसनी प्रदर्शन गर्दै तालिकाको तेस्रो स्थानमा रहेको न्युक्यासलले १४ स्थानमा रहेको बर्नमाउथलाई १–० ले हरायो ।

प्रतिस्पर्धात्मक खेलको ६७ औं मिनेटमा बर्नमाउथका एडम स्मिथले आत्मघाती गोल गर्दा खेल घरेलु टोली न्युक्यासलले जित्यो ।

जितसंगै न्युक्यासल इएफएल कपको क्वाटरफाइनल प्रवेश गरेको छ ।

एमके डन्सविरुद्व लेस्टरसिटी
इंग्लिस फुटबलको तेस्रो श्रेणीको लिग वान क्लब एमके डन्सले गयराति प्रिमियर लिग क्लब लेस्टरसिटीसंग भिडेको थियो आफ्नै घररेलु मैदान रंगशाला एमकेमा ।

जहाँ घरेलु टोली बलियो लेस्टरसंग ३–० ले पराजित रह्यो । घरेलु एमके डन्स पहिलो हाफमै २–० ले पछि परिसकेको थियो ।

पहिलो हाफको १८ औं मिनेटमा यौरी टेलिसम्यान र २९ औं मिनेटमा अयोजे पेरिजले गोल गरेका थिए ।

यता दोस्रो हाफको ५० औं मिनेटमा जेमी भार्डीले गोल गर्दा लेस्टर ३–० को आरामदायी जित निकाल्न सफल भयो ।

हारसंगै लिग वान क्लबको कारावाओ कपको अन्त्य हुँदा प्रिमियर लिग क्लबले भने अन्तिम ८ को सिट सुरक्षित गर्यो ।

उल्भ्सविरुद्व गिलिङ्घम
प्रिमियर लिग क्लब उल्भ्स गयराति इंग्लिस फुटबलको चौंथौं श्रेणीको क्लब गिलिङ्घमसंग घरेलु मैदानमा भिडेको थियो । जहाँ घरेलु टोली २–० ले विजयी रह्यो ।

घरेलु टोलीका लागि खेलको ७७ औं मिनेटमा राउल जेमिनेजले सुरुवाती अग्रता दिलाउँदा खेलको अन्त्यतिर रायन अइट नौरीले गोल गरे ।

यसअघि मोलिनियोक्स रंगशालामा भ्रमणकारी गिलिङ्घमले बलियो क्लबमाथि गोलरहित बराबरीमा रोकेको थियो ।

जितसंगै उल्भ्स कारावाओ कपको क्वाटरफाइनल प्रवेश गरेको छ ।

साउथह्याम्टनविरुद्व लिङकोल्न
प्रिमियर लिग क्लब साउथह्याम्टन इएफएल कपको प्रि–क्वाछरफाइनलमा लिग वान क्लब लिङकोल्नसंग घरेलुमैदानमा भिडेको थियो ।

भ्रमणकारी टोलीले खेलको दोस्रो मिनेटमै खेलमा अग्रता बनायो । साउथह्याम्टनका खेलाडी गाभिन बाजुनुले आफ्नै पोस्टमा बल छिराउन पुगेपछि खेलमा लिङकोल्न १–० ले अघि बढ्यो ।

तर, २५ औं मिनेटमा घरेलु टोली खेलमा फर्कियो । उसका लागि चे एडम्सले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

यता ७४ औं मिनेटमा एडम्सले नै व्यक्तिगत र क्लबका लागि दोस्रो गोल गर्दा खेल घरेलु टोलीले २–१ ले जित्यो ।

पराजयसंगै लिग वान क्लब प्रतियोगिताबाट बाहिरिदा पुनरागमन जित निकालेको प्रिमियर लिग क्लब अन्तिम ८ मा प्रवेश गर्यो ।

इएफएल कपअन्तर्गत आज राति पनि राउण्ड अफ १६ का ४ खेल हुँदैछन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.