भक्तपुर । फिफा विश्वकपअन्तर्गत समूह ‘एफ’ को खेलमा क्रोएसियालाई मोरक्कोले गोलरहित बराबरीमा रोकेको छ ।
अल बायट रंगशालामा गत संस्करणको उपविजेता क्रोएसियालाई अफ्रिकी राष्ट्र मोरोक्कोले गोलरहित बराबरीमा रोक्न सफल भएको हो ।
खेलमा ६३ प्रतिशतको बल पोजेसन राखेता पनि गोेलका अवसर सदुपयोग गर्न नसक्दा युरोपेली राष्ट्र क्रोएसिया अंक बाड्न बाध्य बन्यो ।
कतारमा जारी विश्वकपअन्तर्गत आजै तीन खेल हुँदैछन् । समूह ‘इ’को जर्मनी र जापानबीचको खेल केही पौने ७ बजे सुरु हुनेछ ।