
भक्तपुर । फिफा विश्वकपअन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा क्रोएसिया र बेल्जियमले गोलरहित बराबरी खेलेसंगै क्रोएसिया दोस्रो चरण प्रवेश गरेको छ ।
समूह चरणको यसअघिको दुई खेलमा एकमा जित र अर्कोमा बराबरी नतिजा निकालेको गत संस्करणको उपविजेता टोलीलाई अन्तिम खेलमा बराबरी नतिजाले दास्रो चरण पुग्ने समिकरण थियो ।
यस्तोमा अहम्मद बिन अली रंगशालामा बलियो बेल्जियमलाई गोलरहित बराबरीमा रोकेसंगै क्रोएसिया अन्तिम चरणका प्रवेश गरेको हो ।
खेलको १५ औं मिनेटमा क्रोएसियाले पेनाल्टी पाएको थियो । तर, भिएआरले उक्त पेनाल्टी रद्द गरिदिएको थियो ।
तापनि बेल्जियमलाई बराबरीमा रोक्दै क्रोएसियाले अंक तालकामा ५ अंक जोड्दै समूह ‘एफ’ को उपविजेता बन्यो ।
यता, रेड डेभिल्सका रुपमा चिनिने बेल्जियमलाइ भने दोस्रो चरण पुग्न जित्नै पर्ने दवाव थियो । खेल अवधिभर केहि राम्रा अवसर सिर्जना गरेको बेल्जियम फिनिसिङमा निरन्तर चुकिरहेका थिए । रेड डेभिल्सले पाएको राम्रो अवसरमा फरवार्ड रोमेलु लुकाकु निरन्तर जसो चुकिरहेका थिए ।
‘गर या मर’ को खेल बराबरीमा टुंगिएसंगै बेल्जियम प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ ।
जारी विश्वकपमा बेल्जियमले मिश्रित नतिजा आत्मसाथ गर्दा एक खेलमा जित, एकमा हार र एक खेल बराबरी खेल्दै घर फर्किने निश्चित भएको हो ।