एजेन्सी । जर्मनीमा जारी युरो कपअन्तर्गत खेलमा इटाली र क्रोएसियाले बराबरी खेलेका छन् ।
सोमवार राति भएको खेलमा साविक विजेता इटाली र क्रोएसियाले १–१ को बराबरी खेलेका हुन् ।
लाईपिजिङस्थित रेडबुल एरिना रंगशालामा भएको खेलमा खेलको अन्तिम समयमा इटालीले बराबरी गोल फर्कायो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५५ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै क्रोएसियालाई १–० ले अघि बढायो ।
जित उन्मुख क्रोएसियाले अन्तिम केहि समय इटालीलाई रोक्न नसक्दा बराबरीमा चित्त बुझाउन पर्यो ।
इटालीका लागि इन्जुरी समयको ८ औं मिनेटमा रिकार्डो कालाफियोरीको असिस्टमा माट्टीया जाकाग्नीले गोल फर्काउँदा खेल १–१ को बराबरीमा सकियो ।
महत्वपूर्ण बराबरीसंगै समूह ‘बी’ मा इटालीले ३ खेलबाट १ मा जित १ मा बराबरी र १ मा हारको नतिजासहित ४ अंक जोडेर समूह तालिकामा दोस्रो स्थानमा उक्लियो ।
यो भनेको साविक विजेता टोली समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो ।
यता, क्रोएसियाको भने ३ खेलबाट २ मा बराबरी र १ मा हारसहित २ अंकका साथ तालिकाको तेस्रो स्थानमा रह्यो ।
क्रोएसिया समूह चरणबाटै बाहिरिएको छ ।