भक्तपुर । फिफा विश्वकपमा क्रोएसियासंग पराजित भएसंगै क्यानडा विश्वकपबाट बाहिरिने निश्चित भएको छ ।

आइतवार खालिफा रंगशालामा भएको खेलमा क्यानेडा क्रोएसियासंग ३–१ गोल अन्तरले पराजित भएको हो ।

खेल सुरु भएको दोस्रो मिनेटमै उत्तर अमेरिकी राष्ट्रले सुरुवाती अग्रता लिएको थियो । तर, खेलको ३६ औं मिनेटमा एन्ड्रेज क्रामारिकले गोल फर्काउदै खेल १–१ को बराबरीमा ल्यायो ।

४४ औं मिनेटमा मार्को लिभाजाले गोल गर्दा क्रोएसियाले खेलमा २–१ को अग्रता बनायो । त्यस्तै, दोस्रो हाफको ७० औं मिनेटमा क्रामारिकले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा क्रोएसिया ३–१ ले अघि बढ्यो ।

निर्धारित ९० मिनेटको खेलपछि थपिएको अतिरिक्त ६ मिनेटको तेस्रो मिनेटमा काउन्टरमा लोभ्रो माजिरले गोल थप्दा अघिल्लो संस्करणको उपविजेता क्रोएसियाले ४–१ को फराकिलो जित हात पार्यो ।

जितसंगै क्रोएसिया २ खेलमा ४ अंक जोड्दै समूह ‘एफ’ मा शीर्ष स्थान उक्लिएको छ । समान खेलमा मोरक्कोको पनि ४ अंक नै रहँदा बेल्जियमको ३ अंक छ ।

यता पराजय बेहोरेको क्यानेडा समूह चरणबाटै घर फर्कने निश्चित भएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.