भक्तपुर । साविक उपविजेता क्रोएसियामाथि स्पष्ट जित हात पार्दै अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलवार राति भएको खेलमा उपाधि दाबेदार अर्जेन्टिनाले साविक उपविजेता समेत रहेको युरोपेली राष्ट्र क्रोएसियालाई ३–० को स्पष्ट जित हात पारेको हो ।

दक्षिण अमेरिकी राष्ट्रको जितमा जुलियान अल्भारेजले दुई गोल गर्दा लियोनल मेसीले एक गोल गरेका थिए ।

योसंगै चार वर्ष अगाडी रसिया विश्वकपमा बेहोरेको हारको समेत बदला अर्जेन्टिनाले लिएको छ । रसियामा अर्जेन्टिना क्रोएसियासंग समूह चरणको खेलमा ३–० ले पराजित भएको थियो ।

कतारस्थित लुसाइल आइकोनिक रंगशालामा खेलको ३४ औं मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसको पाँच मिनेट पछि नै अर्जेन्टिना अल्भारेजको गोलमार्फत खेलमा २–० ले अगाडी बढ्यो ।

यता दोस्रो हाफको ६९ औं मिनेटमा मेसीको पासमा अल्भारेजले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा खेल अर्जेन्टिनाले ३–० ले जित्यो ।

जितसंगै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । योसंगै फिफा विश्वकपमा अर्जेन्टिना छैटौं पटक फाइनलमा पुगेको छ ।

अब अर्जेन्टिनाले साविक विजेता फ्रान्स र मोरक्कोबीचको विजेतासंग उपाधिका लागि आइतवार प्रतिस्पर्धा गर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.