एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधवार राति टोटनहम हटस्परले क्रिस्टल प्यालेसमाथि फराकिलो जित निकालेको छ ।

क्रिस्टल प्यालेसको घरेलु मैदान सेलहुस्र्ट पार्कमा टोटनहम ४–० ले विजयी रह्यो । स्पर्सका रुपमा चिनिने टोटनहमको जितमा ह्यारी केनले २ गोल गर्दा म्याट दोहेर्टी र सन ह्युङ मिनले १–१ गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ४८ औं मिनेटमा इभान पेरिसिकको असिस्टमा केनले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाए ।

त्यस्तै, ५३ औं मिनेटमा ब्रायन गिलको पासमा केनले दोस्रो गोल गर्दा स्पर्स २–० ले अघि रह्यो । ६८ औं मिनेटमा दोहेर्टीले गोल गर्दा टोटनहम ३–० को आरामदायी अवस्थामा पुग्यो ।

यता, सनले ७२ औं मानेटमा अर्को गोल थप्दा टोटनहमले खेल ४–० को फाराकिलो अन्तरले जित्यो ।

जितसंगै टोटनहमले १८ खेलमा ३३ अंक जोडेको छ । टोटनहम लिग तालिकाको पाँचौं स्थानमा छ । घरेलु टोली क्रिस्टल प्यालेस १७ खेलमा २२ अंककका साथ १२ औं स्थानमा छ ।

गयराति नै भएको अन्य खेलमा एस्टनभिल्ला र उल्भ्सले १–१ को बराबरी खेल्दा साउटह्याम्टन नटिङ्घम फोरेस्टसंग १–० ले पराजित भएको छ ।

त्यस्तै लिड्स युनाइटेड र वेस्टह्याम युनाइटेडबीचको खेल पनि २–२ को बराबरीमा सकिएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.