भक्तपुर । कतारमा जारी फिफा विश्वकपको मंगलवार राति सम्पन्न खेलमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले क्रोएसियामाथि स्पष्ट जित हात पार्यो । जितसंगै अर्जेन्टिना उपाधि नजिक पनि पुग्यो ।
गयराति अर्जेन्टिनालाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ७ पटकका बेलोन डीओआर विजेता मेसीले आफ्नो नाममा थप क्रितिमान पनि बनाए ।
एसियाली राष्ट्रमा दोस्रो पटक भइरहेको विश्व फुटबलको सर्वोच्च प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मेसीले एक गोल गर्नुका साथै अर्को गोलको लागि असिस्ट समेत प्रदान गरेका थिए ।
थप क्रितिमान बनाउने क्रममा ३५ बर्षिय मेसीले गयरातिको खेलमा जर्मनीका लेजेण्ड लोथर माथाउसको नाममा रहेको विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने क्रितिमानलाई बराबरी गरेको छन् ।
अब फाइनल खेल मेसीले खेल्दै गर्दा उक्त क्रितिमानलाई भंग गर्ने अवसर पनि रहेको छ ।
जर्मन फुटबल लेजेण्ड माथाउसले विश्वकपमा २५ खेल खेलेका थिए । यसविच उनले सन् १९८२ देखि १९९८ सम्म विश्वकप खेलेका थिए ।
उनी समिलित टोलीले जर्मनीका लागि सन् १९९० मा विश्वकपको उपाधि समेत जितेको थियो ।
यता पीएसजीका फरर्वाडसमेत रहेका मेसीले सन् २००६ देखि निरन्तर विश्वकप खेल्दै आएका छन् ।
यसक्रममा सन् २०१४ मा अर्जेन्टिनालाई फाइनलमा पु¥याउन महत्वपूर्ण भूमिका निभाएका थिए । उक्त संस्करण विश्वकप जित्न नसके पनि मेसीले गोल्डेन बल जितेका थिए ।
यता, गयरातिको खेलमा पेनाल्टीमार्फत गोल गर्दै गर्दा अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको क्रितिमान पनि मेसीले आफ्नो नाममा पारेको छन् । अर्जेन्टिनाका लागि विश्वकपमा मेसीले ११ गोल गरेका छन् ।
यसअघि अर्जेन्टिनाका लेजेण्ड खेलाडी ग्राबियल बाटिस्टुटाले विश्वकपमा १० गोल गरेका थिए ।
त्यस्तै, जारी विश्वकपमा ५ गाल संख्या पु¥याउँदै गर्दा मेसीले गोल्डेन बुट जित्ने आशा पनि कायम राखेका छन् ।
कतार विश्वकपमा मेसीका अलावा फ्रान्सका केलियन एम्बाप्पेले पनि ५ गोल गरिसकेका छन् ।