भक्तपुर । म्यानचेस्टर युनाइटेडले पोर्चुगिच फरवार्ड क्रिस्चियानो रोनाल्डोसंग आपसी समझदारीमा सम्झौता रद्द भएको जनाएको छ ।

युनाइटेडले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा रद्द भएको जानकारी दिएको हो ।

युनाइटेडको आधिकारिक वक्तव्यमा भनेको छ, ‘ओल्डट्राफेडमा दोस्रो कार्यकालसम्ममा ३४६ खेलमा १४५ गोलको योगदानका लागि क्रिस्चियानो रोनाल्डोलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं । उनी र उनको परिवारलाई आगामी दिनको लागि क्लबको तर्फबाट शुभकामना दिन चाहन्छौं ।’

त्यस्तैगरी रोनाल्डोले पनि सामाजिक सञ्जालमार्फत उक्त खबरको पुष्टी गरेका छन् । रोनाल्डोले भनेका छन्, ‘म्यानचेस्टर युनाइटेड र म बीच सहमती भए अनुसार हामीले समय भन्दा अगावै सम्झौता रद्द गरेका छौं । म युुनाइटेड र समर्थकहरुलाई माया गरिरहने छु । साथै आउँने नयाँ चुनौती सामना गर्न आतुर छु ।’

सम्झौता रद्द भएसंगै रोनाल्डो फ्रि ट्रान्सफरका रुपमा अन्य क्लबहरुमा अनुवन्ध हुन पाउने भएको छ ।

गत सिजन सनसनी रुपमा युनाइटेड फर्किएका रोनाल्डो पछिल्लो समय क्लबभित्र खुसी थिएनन् । सिजनको सुरुवातमै युनाइटेड छोड्न चाहेका उनले राम्रो टिम भेट्टाउन सकेका थिएनन् ।

पछिल्लो समय युनाइटेडका मूख्य प्रशिक्षक एरिक टेन ह्याङसंग उनको सम्बन्ध चिसिएको थियो । डच प्रशिक्षकको आगमनसंगै उनले खेल समय कमै मात्र पाएका थिए ।

जसकारण बेलाबेलामा खेल मैदान भित्र वा बाहिर विवादमा आइरहने रोनाल्डोले फिफा विश्वकप सुरु हुनु अगाडी पिइरे मोर्गानसंगको अन्तर्वातामा म्यानचेस्टर युनाइटेडभित्र रहेका विभिन्न समस्याका बारेमा अन्तर्वाता दिएका थिए ।

अन्ततः उक्त अन्तर्वाता नै युनाइटेड र रोनाल्डोको सम्बन्ध विच्छेदको कारण बन्न पुग्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.