
एजेन्सी । कतारमा जारी एएफसी एसियन कपअन्तर्गत खेलमा साउदी अरबियाले क्रिगिस्तानमाथि सहज जित निकालेको छ ।
आईतवार राति भएको खेलमा बलियो साउदी अरबियाले ९ खेलाडीमा समेतिएको क्रिगिस्तानमाथि २–० को जित निकालेको हो ।
अहमद बिन अली रंगशालामा भएको खेलमा साउदीको जितमा मोहम्मद कान्नो र फैसल अल घाम्दीले गोल गरे ।
खेल सुरु भएको ९ औं मिनेटमै अैजर अक्माटोभले रातो कार्ड पाउँदा क्रिगिस्तान १० खेलाडीमा समेतियो ।
जसको फाइदा साउदीले ३५ औं मिनेटमा कोन्नोको गोलमार्फत लियो ।
साउद अब्दुलहामिदको पासमा कान्नोले गोल गर्दै साउदीलाई सुरुवाती अग्रता दिलाए ।
यता, दोस्रो हाफको ५२ औं मिनेटमा किमी मेर्कले पनि रातोकार्ड पाउँदा क्रिगिस्तान ९ खेलाडीमा समेतिन पुग्यो ।
९ खेलाडीमा समेतिएको टोलीविरुद्व ८४ औं मिनेटमा साउदीले गोल थप्यो ।
मुख्टर अलीको पासमा फैसलले गोल थप्दा साउदी २–० ले विजयी भयो ।
सहज जितसंगै साउदी अरबियाले समूह ‘एफ’ मा दुई खेलबाट शतप्रतिशत जितसंगै ६ अंक जोडेको छ ।
यो संगै समूह तालिकाको शीर्ष स्थानमा रहेको साउदी प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरेको छ ।
पराजित क्रिगिस्तान भने समूह चरणको एक् खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिएको छ ।