एजेन्सी । जर्मन महारथी क्लब ब्रायन म्युनिखले जाओ क्यान्सोलोलाई जनवरी ट्रान्सफरको अन्तिम दिन सनसनीपूर्ण रुपमा अनुबन्ध गरेको छ ।

म्युनिखले क्यान्सेलोलाई इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट अनुबन्ध गरेको हो ।

सोमवारमात्रै इंग्लिस क्लब म्यानचेस्टर सिटीले पोर्चुगिच डिफेन्डरलाई छाड्न अनुमति प्रदान गरेको थियो ।

२८ वर्षिय खेलाडी इंग्लिस प्रिमियर लिग च्याम्पियन सिटीबाट युरोपेली फुटबलको जनवरी ट्रान्सफरको अन्तिम दिन बुडेसलिगा च्याम्पियन म्युनिखमा लोनमा सिजनको बाँकी अवधिका लागि अनुबन्धित भएका हुन् ।

इतिहातमा ४ वर्षको बसाईका क्रममा पोर्चुगिच डिफेन्डरले ३ प्रिमियर लिग उपाधि जित्नुका साथै लिग कप, एफए कप र कम्युनिटी सिल्ड उपाधि पनि जितेका छन् ।

युरोपेली फुटबलमा उत्कृष्ट डिफेन्डरको परिचय स्थापित गरेका क्यान्सेलो जारी प्रिमियर लिगमा भने लयमा देख्न संर्घषरत थिए ।

सनसनीपूर्ण रुपमा म्युनिख पुगेका डिफेन्डरलाई स्थायी रुपमा अनुबन्ध चाहेमा जर्मन महारथीले ७० मिलियन तिर्नुपर्ने सिटीले जनाएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.