
भक्तपुर । नेपाल ‘ए’ टोली क्यानडा ११ टोलीसंग एकदिवसिय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा पराजित भएको छ ।
आईतवार भएको ओडिआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ टोली क्यानडा ११ संग ४ विकेटले पराजित भएको हो ।
योसंगै ३ खेलको सिरिजमा क्यानडा ११ ले १–० को अग्रता लिएको छ ।
काठमाडौंको मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा भएको खेलमा २१७ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको क्यानडा ११ ले ४९.३ ओभरमा ६ विकेट गुमाउँदै २१८ रन जोड्यो ।
क्यानडा ११ को जितमा नभनित धलवलले ७६ बलमा १० चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ८० रनको अर्धशतकिय पारी खेल्दा निखिल दत्तले ११५ बल खेल्नेक्रममा ५ चौका र १ छक्का प्रहार गर्दै ६७ रनको अर्धशतकिय पारी खेलेर अविजित रहे ।
त्यस्तै, साद विन जफरले ४३ बलमा २ चौका प्रहार गर्दै २३ रन जोडेर पेविलियन फर्किदा श्रेयस मोभ्भाले २७ बल खेल्दै २ चौका प्रहार गरेर २३ रन जोड्दै अविजित रहे ।
यता, दिलप्रित बाज्वा ८, श्रीमान्थ विजयरत्ने ५ र आरोन जोन्सन २ रनमा आउट हुँदा हर्ष ठाकेर शुन्य रनमा पेविलियन फर्किए ।
क्यानडाले अतिरिक्त रुपमा १० रन जोड्यो ।
नेपालका लागि शाहव आलमले १० ओभर बलिङ गर्दै ३१ रन दिएर २ विकेट लिँदा प्रतिश जिसी, राशिद खान, सागर ढकाल र बशिर अहमेदले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २१६ रन जोड्यो ।
नेपालका लागि बशिर अहमेदले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५० रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा राशिद खानले ६६ बल खेल्नेक्रममा ५ चौका प्रहार गर्दै ४० रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, ओपनर ब्याट्सम्यान मयन यादवले ५६ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेर ३५ रन जोड्नेक्रममा आउट हुँदा किरण थगुन्नाले ३२ बलमा ३ चौका प्रहार गर्दै २५ रन जोडेर पेविलियन फर्किए ।
यता, विवेक यादवले ३४ बलको सामना गर्दा १ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोडेर आउट हुँदा सन्दिप जोराले २५ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १४ रन जोडेर पेविलियन फर्किए ।
कप्तान विनोद भण्डारी ५ रनमा पेविलियन फर्किदा अर्का ओपनर अर्जुन कुमाल र प्रतिश जिसी समान ४–४ र रन जोडेर आउट भए ।
शाहव आलम भने २ रनमा अविजित रहे ।
नेपालले अतिरिक्त रुपमा १६ रन जोड्यो ।
क्यानडाका लागि साद बिन जफरले १० ओभर बलिङ गर्दै ३० रन दिएर ३ विकेट लिँदा इश्वरजोत सोहीले ६ ओभर बलिङ गर्दै ५४ रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, डिलोन हेलिगर, हर्ष ठाकेर र शाहिद अहमदजायीले समान १–१ विकेट लिए ।
सिरिजअन्तर्गत नेपालले दोस्रो खेल मंगलवार खेल्नेछ ।