
एजेन्सी । भेनेजुएलामाथि ट्राइब्रेकरमा जित निकाल्दै क्यानडा कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सनिवार विहान भएको क्वाटरफाइनल खेलमा भेनेजुएलामाथि ट्राइब्रेकरमा ४–३ को जित निकाल्दै क्यानडा कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको हो ।
टेक्सासस्थित एटी एन्ड टी स्टेडियममा भएको खेल निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएसंगै खेलको निर्णय ट्राइब्रेकरबाट लिइयो ।
ट्राइब्रेकरमा डेब्यु प्रतियोगिता खेलिरहेको क्यानडालाई ऐतिहासिक जित दिलाउन जोनाथन डेभिड, मोइसे बोमबिटो, अल्फान्सो डाभिस र इस्माइल कोनेले गोल गरे ।
पराजित भनेजुएलाका लागि भने सलोमन रोनडन र टोमस रिनकोनले गोल गरे ।
त्यसअघि खेल सुरु भएको १३ औं मिनेटमा जाकोब शफेलबर्गले गोल गर्दै क्यानडालाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ६४ औं मिनेटमा जोन अरामबुरुको पासमा सालोमन रोनडनले भेनेजुएलाका लागि गोल फर्काउँदा खेल १–१ को बराबरी आयो ।
त्यसपछि खेलमा थप गोल भएन र ट्राइब्रेकरबाट निर्णय भयो ।
अब क्यानडाले सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनासंग प्रतिस्पर्धा गर्नछ ।