एजेन्सी । नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय सिरिज (नेपाल क्यानडा ब्याटरियल सिरिज) अन्तर्गत पहिलो खेलमा क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको छ ।

विहिवार भएको ३ खेलको ओडिआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले भ्रमणकारी टोली क्यानडामाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको हो ।

योसंगै सिरिजमा नेपालले १–० को अग्रता लिएको छ ।

काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २२५ रनको मध्यम विजयी लक्ष्य पछ्याउने क्रममा क्यानडा ४७.५ ओभरमा अलआउट हुँदा मात्र २१७ रनमा समेतियो ।

क्यानडाका लागि निकोलास क्रिटनले ९९ बलमा ७ विकेट गुमाउँदै ६८ रनको अर्धशतकिय पारी खेल्दा परगत सिंहले ५८ बल खेल्दै ९ चौका प्रहार गरेर ५० रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, हर्ष थाकेरले ४३ बलमा ३ चौका प्रहार गर्दै ३२ रन जोड्दै आउट हुँदा ओपनर ब्याट्सम्यान आरोन जोनसनले १५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडेर पेविलियन फर्किए ।

यता, कप्तान साद बिन जफर ७, उदय भगवान र अर्का ओपनर नभनित धालिवाल समान ६–६, दिलोन हेलिगर २ र विकेटकिपर श्रेयस मोभ्भा १ रनमा पेविलियन फर्किए ।

शाहिद अहमदजायी ८ रनमा अविजित रहँदा इश्वरजोट सिंह सोही शुन्य रनमा पेविलियन फर्किए ।

क्यानडाले अतिरिक्त रुपमा १७ रन जोड्यो ।

क्यानडामाथि प्रतिस्पर्धात्मक जित निकाल्न नेपालका लागि कप्तान रोहित पौडेलले ८.५ ओभर बलिङ गर्दा २ मेडन राख्नेक्रममा २२ रन दिएर सर्वाधिक ४ विकेट लिँदा ललित राजबंशीले ८ ओभर बलिङ गर्दै ४१ रन खर्चिएर २ विकेट लिए ।

त्यस्तै, सोमपाल कामी, रिजन ढकाल, पवन सराफ र कुशल मल्लले समान १–१ विकेट लिए ।

त्यसअघि टस जित्दै पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरको खेलमा अलआउट हुँदै २२४ रन जोड्यो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ६२ रनको अर्धशतकिय पारी खेल्दा आरिफ शेखले ५० बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै ३८ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, सोमपाल कामीले २३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २७ रन जोडेर आउट हुँदा भिम सार्कीले २६ बल खेल्दै २ चौका प्रहार गरेर १७ रन जोडेर पेविलयन फर्किए ।

यता, कुशल मल्लले ३२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडेर आउट हुँदा पवन शराफले ३४ बलमा १ चौका प्रहार गरेर १५ रन जोड्दै पेविलियन फर्किए ।

नेपालका लागि कप्तान रोहित पौडेल र विकेटकिपर आसिफ शेखले समान ८–८ रन जोड्दा डेब्यु खेल खेलिरहेका रिजन ढकाल ४ र ललित राजबंशी २ रन बनाएर पेविलियन फर्किए ।

सुर्य तामाङ भने १० रनमा अविजित रहे ।

नेपालले अतिरिक्त रुपमा १४ रन जोड्यो ।

क्यानडाका लागि उदय भगवानले ८ ओभर बलिङ गर्नेक्रममा १ मेडन राख्दै ४० रन दिएर ३ विकेट लिँदा साद बिन जफरले १० ओभर बलिङ गर्दै ४४ रन खर्चिएर २ विकेट लिए ।

त्यस्तै, इश्वरजोत सिंह सोहीले ८ ओभर बलिङ गर्दै ३० रन दिएर २ विकेट लिँदा शाहिद अहमदजायी र हर्ष थाकेरले समान १–१ विकेट लिए ।

सिरिजअन्तर्गत दोस्रो खेल सनिवार हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.