भक्तपुर । फिफा विश्वकपअन्तर्गत समूह ‘इ’ को दोस्रो खेलमा स्पेनले कोस्टारिकामाथि एकपक्षिय जित फराकिलो जित हात पारेको छ ।
बुधवार अल थुमामा रंगशालामा भएको खेलमा युरोपेली राष्ट्र स्पेनले उत्तर अमेरिकी देश कोस्टारिकामाथि ७–० को फराकिलो जित दर्ता गरेको हो ।
एकपक्षिय बनेको खेलमा स्पेनले गोलको बर्षा गर्दा विपक्षी टिम कोस्टारिका भने निरिह देखियो । खेलको ११ औं मिनेटमा स्पेनले डानी ओल्मोको गालमार्फत सुरुवाती अग्रता लिएको थियो ।
त्यसपछि २१ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे । त्यसपछि फेरान टोरेसले खेलको ३१ औं मिनेटमा पेनाल्टीमार्फत र ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा सन् २०१० को विश्व विजेता स्पेन ४–० ले अघि बढ्यो ।
आक्रमक रुपमा प्रस्तुत भएको स्पेनले ७४, ९० र ९२ औं मिनेटमा गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाको गोलमार्फत थप तीन गोल गरेको थियो । कोस्टारिकाले खेल अवधिभर एउटा पनि अवसर सिर्जना गर्न सकेन ।
स्पेनले ८१ प्रतिशत बल पोजेसन राखेर विपक्षी टोलीमाथि खेल अवधिभर दवाव राखेको थियो । फराकिलो जितसंगै स्पेन समूह ‘इ’ को तालिकामा ३ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
जापानको पनि समान ३ अंक नै रहेता पनि गोल अन्तरका आधारमा स्पेन शीर्ष स्थानमा पुगेको हो ।