भक्तपुर । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिताअन्तर्गत खेलमा कोशी प्रदेशमाथि सहज जित हासिल गरेको छ ।

विहिवार भएको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागिय त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशमाथि ९ विकेटको सहज जित हासिल गरेको हो ।

८९ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको आर्मी क्लबले ९.५ ओभरमा मात्र १ विकेट गुमाउँदै ९२ रन जोड्दै जित निकाल्यो ।

आर्मीका लागि सन्तोष कार्कीले २७ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३२ रन जोडेर अविजित रहँदा इमरान शेखले २५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरेर ३२ रन जोड्दै आउट भए ।

यता, कुशल मल्लले मात्र ७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २२ रन जोड्दै अविजित रहे ।

आर्मीले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

कोशीका लागि एकमात्र विकेट सुजन थपलियाले लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको कोशी प्रदेशले २४.४ ओभरमा अलआउट हुँदै ८८ रन जोड्यो ।

कोशीका लागि कप्तान अंकित सुबेदीले ३७ बलमा ९ चौका प्रहार गर्दै ४१ रन जोड्दा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोशीका सुजन थपलिया ८, समिर कार्की र सुहान गहतराज समान ६–६ र फिर्दोष अन्सरी ४ रनमा आउट भए ।

आर्मीका लागि शाहब आलमले सर्वाधिक ६ विकेट लिँदा कुशल मल्लले २ विकेट लिए ।

त्यस्तै, सोमपाल कामी र विवेक यादवले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.