
भक्तपुर । बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत खेलमा कोशी प्रदेशमाथि जित हासिल गरेको छ ।
शुक्रवार भएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशमाथि ६४ रनको जित हासिल गरेको हो ।
क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा २७४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको कोशी प्रदेश ४७.१ ओभरमा अलआउट हुँदा मात्र २०९ रनमा समेतियो ।
कोशी प्रदेशका लागि कप्तान अंकित सुबेदीले ६६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेल्दा सुजन थपलियाले ७६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६१ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, अैस भट्टराईले ३७ बलमा २ चौका प्रहार गर्दै २९ रन जोड्दै अविजित रहँदा विकेटकिपर सोनु अन्सरीले ४२ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै २१ रन जोडेर पेविलियन फर्किए ।
यता, हेमन राईले १३ बलमा २ चौका प्रहार गर्दै १० रन जोडेर आउट हुँदा अभ्यास तिम्सिना फिर्दोष अन्सरीले समान ५–५, कमल खत्री र सुभन गहतराजले समान ४–४ र भुपाल लुइटेलले ३ रन जोड्दै पेविलिलयन फर्किए ।
मनिस थापा भने शुन्य रनमै रनआउट भए ।
कोशीले अतिरिक्त रुपमा १३ रन जोड्यो ।
कोशी प्रदेशलाई सस्तैमा अलआउट गर्न बागमती प्रदेशका लागि इशान पाण्डेले ८ ओभर बलिङ गर्दै ३९ रन दिएर सर्वाधिक ५ विकेट लिँदा सुर्य तामाङले १० ओभर बलिङ गर्दै ४८ रन खर्चिएर २ विकेट हासिल गरे ।
त्यस्तै, रिजन ढकालले ६.१ ओभर बलिङ गर्नेक्रममा २५ रन दिएर १ विकेट लिँदा प्रतिक श्रेष्ठले ३ ओभर बलिङ गर्दै २३ रन दिएर १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको बागमती प्रदेशले ४८.३ ओभरमा अलआउट हुँदै २७३ रन जोड्यो ।
बागमती प्रदेशका लागि आशुतोष गिरौयाले १११ बलमा १६ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ११८ रनको शतकिय पारी खेल्दा कप्तान रित गौतम ६० बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै ४९ रनमा आउट भए ।
त्यस्तै, विकेटकिपर रविन जोशीले ४५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४३ रन जोड्दै आउट हुँदा प्रतिक श्रेष्ठले १६ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरेर १९ रन जोड्दै रनआउट भए ।
यता, बिपिन आर्चाय र सुर्य तामाङ समान ९–९ रनमा आउट हुँदा इशान पाण्डे ६ र अशोक पौडेल ३ रनमा पेविलियन फर्किए ।
रिजन तामाङ शुन्य रनमा रनआउट हुँदै पेविलियन फर्किदा क्रिजन गुरुङ शुन्य रनमा अविजित रहे ।
बागमतीले अतिरिक्त रुपमा १२ रन जोड्यो ।
बागमतीलाई अलआउट गर्न कोशी प्रदेशका लागि अभ्यास तिमसिनाले ९ ओभर बलिङ गर्दै ४३ रन दिएर ३ विकेट लिँदा कमल खत्रीले ९.३ ओभर बलिङ गर्दै ५१ रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, हेमन राईले १० ओभर बलिङ गर्नेक्रममा ५४ रन खर्चिएर २ विकेट लिँदा फिरोदोष अन्सरीले ७ ओभर बलिङ गर्दै ४९ रन खर्चिएर १ विकेट लिए ।