
एजेन्सी । कोलोम्बस क्य्रुसंग इन्टर मियामी लिग्स कपअन्तर्गत अन्तिम १६ मा पराजित भएको छ ।
वुधवार विहान भएको खेलमा कोलोम्बस क्य्रुसंग इन्टर मियामी ३–२ ले पराजित भएको हो ।
लोवर फिल्ड रंगशालामा भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा मियामी पराजित हुन पुग्यो ।
खेल सुरु भएको १० औं मिनेटमा डिएगो गोमेजको पासमा म्याथिस रोजासले गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलायो ।
त्यस्तै, दोस्रो हाफको ६२ औं मिनेटमा लुइस सुवारेजको पासमा जोमेजले गोल थप्दा मियामी २–० ले अघि बढ्यो ।
तर, ६७ औं मिनेटमा कोलोम्बसका म्याक्स अर्फस्टेनको पासमा क्रिस्टियन रामिरेजले गोल फर्काउँदा खेल २–१ को अवस्थामा आयो ।
त्यसको दुई मिनेटपछि नै चुचो हर्नान्डेजको पासमा डिएगो रोस्सीले गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।
त्यसपछि ८० औं मिनेटमा मोहम्मद फार्सीको पासमा रोस्सीले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा कोलोम्बस ३–२ ले विजयी भयो ।