एजेन्सी । स्पेनिस फुटबलको प्रतिष्ठित प्रतियोगिता कोपा डेल रेको पहिलो सेमिफाइनल खेलको पहिलो पहिलो लेग खेलमा ओसासुनाले एट्लेटिक क्लबमाथि प्रतिस्पर्धात्मक जित निकाल्दै अग्रता बनाएको छ ।
बुधवार राति भएको खेलमा ओसासुनाले एट्लेटिक क्लबमाथि १–० को जित निकालेको हो ।
एल सदार रंगशालामा भएको खेलमा ४७ औं मिनेटमा अबदेससामद इजालजौलीले गरेको एकमात्र निर्णायक गोलले ओसासुना विजयी बनेको हो ।
यी दुई टोलीबीच सेमिफाइनलअन्तर्गत दोस्रो लेग खेल अप्रिल ५ तारिखमा सान मामिस रंगशालामा हुनेछ ।
कोपा डेल रेको दोस्रो सेमिफाइनलको पहिलो लेग खेल विहिवार राति पौने २ बजे रियल मड्रिड र बार्सिलोनाबीच हुँदैछ ।